रामेछाप मन्थलीका दूध उत्पादक किसानलाई अनुदान

रामेछाप खबर संवाददाता

५ साउन, रामेछाप ।

मन्थली नगरपालिकाले दूध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । नगरपालिकाभित्र गाई भैंसी पालन गरी दुग्ध व्यवसाय गर्ने किसानलाई अनुदान उपलब्ध गराइएको हो । दूध उत्पादन गरी डेरीमा बिक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले लिएको छ । उक्त नीति बमोजिम डेरीमा रहेको तथ्यांकका आधारमा किसानलाई १ लाख ७९ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको हो । नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा उपप्रमुख ईश्वरी बस्नेतले किसानलाई अनुदान वितरण गरेकी छन् ।

मन्थली नगरपालिकाले विगत ४ वर्षदेखि दूधमा अनुदान दिइरहेको छ । सुरुमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिएको नगरपालिकाले गत वर्षदेखि अनुदान रकम दोब्बर वनाएको नगरपालिका पशुसेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताएका छन् ।

वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई
बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ ।

बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । “पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भन्नुभयोे ।

यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो । असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए ।

असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।