मलेसियामा कोरोनाबाट एकैदिन सातजनाको मृत्यु, सरकारले गर्यो यस्तो आग्रह !

रामेछाप खबर संवाददाता

४ साउन,क्वालालम्पुर ।

मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या थप बढेको छ । गएको २४ घण्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घण्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घण्टायता सातजनाको ज्यान गएको जनाएको छ । यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् । यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन भनेका छन् ।

यो पनि….तेहरान भ्रमणपछि पुटिनले भने -‘पश्चिमा देशले रुसी अन्नमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको आयातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण गर्नेछौं । तर, हामी यस तथ्यबाट अगाडि बढिरहेका छौं कि रूसी अन्नको निर्यातका लागि हवाई डेलिभरी सम्बन्धी सबै प्रतिबन्धहरू हटाइनेछ । ’

युक्रेनमा रूसी हमलाले गहुँ र अन्य अन्नको विश्वको सबैभन्दा ठूलो निर्यात कर्ताबाट ढुवानीमा बाधा पु¥याएको छ, जसका कारण विश्वव्यापी खाद्यान्न अभावको डर पैदा गरेको छ । ‘तपाईंलाई थाहा छ अमेरिकीहरुले विश्व बजारमा रूसी मलको आपूर्तिमा प्रतिबन्धहरू हटाएका छन्’ पुटिनले भने । उनले अगाडि थपे, ‘यदि तिनीहरू इमान्दारीपूर्वक अन्तर्राष्ट्रिय खाद्य बजारमा स्थिति सुधार गर्न चाहन्छन् भने मलाई आशा छ कि निर्यातको लागि रुसी अन्न निर्यातमा पनि त्यस्तै हुनेछ ।’

विश्वको सबैभन्दा गरिब महादेश अफ्रिकामा युक्रेनबाट निर्यातमा आएको गिरावट, द्वन्द्व र जलवायु परिवर्तनको प्रभाव र सामाजिक अशान्तिको डरको कारणले गर्दा अनाजको मूल्य बढेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता पुटिनको यो दोस्रो विदेश भ्रमण हो ।