साउदी अरेबियाले सबैका लागि एयर स्पेस खोल्यो

रामेछाप खबर संवाददाता

३१ असार, काठमाडौं ।

साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो । सन् १९४४ को शिकागो कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्न सो निर्णय गरेको दाबी गरिएको छ ।

यो निर्णयले तीन महादेशलाई जोड्ने र अन्तरराष्ट्रिय हवाई कनेक्टिभिटी बढाउने विश्वव्यापी हबको रूपमा राज्यको स्थितिलाई सुदृढ बनाउने विश्वास गरिएको छ । यो निर्णय सार्वजिनक भएसँगै सोही दिन इजरायली कार्यवाहक प्रधानमन्त्री यायर लापिडले आफ्नो हवाई क्षेत्र खुला गर्ने साउदी अरेबियाको निर्णयको प्रशंसा गरेका छन्। “यो पहिलो चरण हो। हामी इजरायली अर्थतन्त्र, यसको सुरक्षा र इजरायलका नागरिकहरूका लागि उचित सावधानीका साथ काम गर्न जारी राख्नेछौं,” ल्यापिडको कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिबन्धका कारण इजरायली एयरलाइन्सहरूले पहिले साउदी एयरस्पेसमा यात्रा गर्न पाउँदैनथे जसले एशिया लगायातका क्षेत्रहरूमा उडानहरू महँगो र लामो बनाएको थियो । साउदी अरेबियाले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागत गर्ने तयारी गरेको दिनमा यो घोषणा सार्वजनिक भएको हो । राष्ट्रपति बनेपछि बाइडेनको यहाँ र मध्यपूर्वको पहिलो भ्रमण हो। भ्रमणका क्रममा उनले साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सलमान अल साउदसँग भेट गर्ने बताइएको छ।

दक्षिण कोरियामा लगातार मूल्य वृद्धि
ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ ।

अघिल्लो बर्षको उक्त अवधिमा भन्दा यो सूचकाङ्क ३३.६ प्रतिशतले वृद्धि भएको छ । युरोपमा भौगोलिक जोखिमको कारण वस्तुको भाउ बढेकोले मे महिनामा ३.८ प्रतिशत बढेको र यसले दोस्रो महिना पनि निरन्तरता पाएको हो । दक्षिण कोरियाको बेन्चमार्क मानिने दुबईमा कच्चा पदार्थ जून महिनामा औसत ११३.२७ अमेरिकी डलर पुगेको छ जुन एक महिना पहिलेको भन्दा ४.७ प्रतिशतको वृद्धि हो ।

आयात गरिएका खानी उत्पादनको मूल्य मासिक आधारमा जून महिनामा ३.८ प्रतिशतले वृद्धि भएको तर औसत वस्तुको मूल्य १.५ प्रतिशतले घटेको देखिएको छ । आयातित पूँजीगत वस्तुको मूल्य गत महिना ०.१ प्रतिशत थपिए पनि उपभोक्ता मूल्य भने अपरिवर्तित रहेको तथ्याङ्कले देखाएको छ ।