सार्वजनिक यातायातको भाडादर बढ्यो, कहाँको कति पुग्यो ? (सूचीसहित)

रामेछाप खबर संवाददाता

६ असार, काठमाडौं ।

सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो । विभागले आजबाट लागु हुनेगरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली बमोजिम बढाएको हो ।

जस अनुसार यात्रुबाहक सवारीको भाडा ५.३० प्रतिशतले बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९४ प्रतिशत र तराईको बाटोमा चल्ने सवारीको भाडा ७.७ प्रतिशतले बढेको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुनेगरी एकैपटक पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको थियो । योसँगै पेट्रोल प्रतिलिटर १९९ रूपैयाँ’ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेकाे छ ।

सूची हेर्नुहोस् :-