आज मलेसियन रिङ्गेटदेखि साउदी रियालसम्मको मुद्राको बिक्रीदर कति होला ?

रामेछाप खबर संवाददाता

२ असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १२४ रुपैयाँ २१ पैसा र बिक्रीदर १२५ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ६७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १५० रुपैयाँ ८९ पैसा र बिक्रीम १५१ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६० पैसा र बिक्रीमा ८७ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९३ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ८९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९० रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ०१ पैसा र बिक्रीमूल्य ३४ रुपैइाँ १८ पैसा रहेको छ ।

विस्तृत तालिकामा हेर्नुस्