जापानमा परिवार सहित बस्दै आएका एक नेपाली असामयिक निधन

रामेछाप खबर संवाददाता

साइतामा, जापान ।

जापानमा परिवार सहित बस्दै आएका एक नेपाली पुरुषको असामयिक निधन भएको छ । साइतामा प्रिफेक्चरको तोकोरोजावामा बस्दै आएका निलकन्ठ कंडेलको आईतबार हृदयघातका कारण ४१ बर्षको उमेरमा असामयिक निधन भएको परिवार निकट ब्यक्तिहरुले जानकारी दिनुभएको छ । कडेल आईतबार विहान घरमा बेहोस भएर ढलेका थिए । कडेलको १४ वर्षिय छोरा नेपालमा रहेको र जापानमा श्रीमती तथा २ छोरीहरु सहित बस्दै आएका थिए । कडेल कुक भिषामा करिव एक दशक देखि जापानमा कुक पेशामा काम गर्दै आएका थिए । उनको नेपाल घर बाग्लुङ जिल्ला काठेखोला – ६ बिहुँ हटिया रहेको छ ।

यो पनि….जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेविरुद्ध फौजदारी मुद्दा दायर
जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेविरुद्ध मुद्दा दायर भएको छ । पार्टीका कार्यकर्ताहरुको समूहले आयोजना गरेको विवादास्पद भोजमा राजनीतिक कोष नियन्त्रण कानूनको उल्लंघन गरेको आशंका एक नागरिक समूहले आबे र अन्य तीन जनाविरुद्ध शुक्रबार फौजदारी मुद्दा दायर गरेको हो ।

सन् २०१७ देखि सन् २०१९ को बीचमा आबेको कार्यकर्ता समूहले टोकियोको एक होटलमा आयोजना गरेका भोजहरुमा घरेलु ब्रुअरी कम्पनी सन्टोरी होल्डिङ्सले लाखौं मूल्य पर्ने निःशुल्क रक्सीजन्य पेय उपलब्ध गराएको थियो । तर आबे र अन्यले सन्टोरीले पेय पदार्थ उपलब्ध गराएकोबारे सार्वजनिक नगरेको आरोप मुद्दामा छ । मुद्दा टोकियो जिल्ला सरकारी अभियोजनकर्ताहरुको कार्यालयको विशेष समूहमा दायर गरिएको छ । उक्त भोजबारे यस अघि पनि आबे र पार्टीको अन्य व्यक्तिविरुद्ध सन् २०२० मै पनि फौजदारी मुद्दा हालिएको थियो ।

सन् २०१६ देखि सन् २०१९९ को बीचमा टेवा समूहको राजनीतिक कोषबाट भोजका लागि नपुगेको खर्च बेहोर्न ३ करोड येन भुक्तान भएको थियो । सो मामिलामा आबेका सचिवलाई सोधपुछका लागि पनि बोलाइएको थियो ।

उनीमाथि राजनीतिक कोष नियन्त्रण कानून उल्ंघन गरेको अभियोग लगाएर जरिवाना तिराइएको थियो । तर यस मामिलामा आबे विरुद्ध भने अभियोग चलाइएको थिएन । आबेले अनुसन्धानमा सहयोग गरेकोले उनीमाथि त्यति बेला अभियोग नचलाइएको आबेको कार्यालयको भनाई थियो । टेवा समूहले प्रतिवेदनमा सन्टोरीले उपलब्ध गराएको करीब ४ लाख ५० हजार येन बराबरको बियर र अन्य रक्सीजन्य पेयबारे नखुलाएको शुक्रबार दायर भएको मुद्दामा भनिएको छ । सन्टोरीका एक अधिकारीले दानसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दा आबे र उनका पूर्व सचिवले पर्यवेक्षक भूमिका निर्वाह गर्न असफल भएको पनि मुद्दामा उल्लेख छ । जापान समाचार