“गाँइगुँई” अब नयाँ कथामा (भिडियो)

रामेछाप खबर संवाददाता

२८ जेठ, काठमाडौं ।

पछिल्लो समय दर्शकको मन जित्दै गएको कमेडी सिरियल “गाँइगुँई” भाग ९ नयाँ कथा बस्तु सहित सार्बजनिक भएको छ। पारिवारिक,सामाजिक र राजनितिक बिषयलाई उठान गरको यो सिरियल झबिन्द्र थापा मगरले निर्माण गरेका हुन भने पटकथा,संबाद, लेखन तथा निर्देशन हिराछबी श्रीशाले गरेका छन। अनिश खड्काको छायांकन रहेको यो सिरियल राजेश बविनले सम्पादन गरेका हुन।

सिरियलमा बिश्वास नेपाल, दर्पण यात्री, संतोसी संगम, अर्जुन खनाल, झबिन्द्र थापा मगर, युबिका श्रेष्ठ, राहुल नेपाल, संजिला बिसी, हेमा मगर, अनिश खड्का, टेकेन्द्र बोहोरा, सुमित्रा भट्टराईको अभिनय देख्न सकिन्छ। यश सिरियलमा विशेष गरि प्युठान अर्घाखाँची तथा गुल्मिमा बोलिने स्थानिय भासा र लवजलाइ उतार्न खोजिएको छ । सिरियललाई युटुब च्यानल “तरवार फिल्मस “ले प्रत्यक हप्ताको शनिबार सार्बजनिक गर्दै आएअको छ।

पुरा भिडियो :