लियोनल मेस्सीको चमत्कार : पहिलोपटक गरे अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल

रामेछाप खबर संवाददाता

२३ जेठ, काठमाडौं ।

बहुप्रतिभाशाली फुटबल स्टार लियोनल मेस्सीले कहिलेकाहिँ त चमत्कारै गर्छन् । गोलमेसिन मेस्सीले कुनै खेलमा एक्लै गोल गर्छन् । यस्तै गरेका आइतबार राति पनि । उनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५–० ले हराउँदा सबै गोल कप्तान मेस्सी आफैले गरे ।

कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन मेस्सीले पहिलो हाफमा दुई गोल गरेका थिए । त्यस्तै दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल गरेका थिए ।

रोनाल्डोको दुई गोलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई हरायो, आमालाई समर्पण गरे गोल
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को फुटबल खेलमा जित हासिल गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० ले हरायो ।

पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । यो गोल भने रोनाल्डोले आफ्नी आमालाई समर्पण गरेका छन् । उनकी आमाले रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी लगाएर रंगशालामा खेल प्रत्यक्ष हेरेकी थिइन् । उनी रोनाल्डोले गोल गरेपछि खुशीका आँशु निकालिरहेकी थिइन् ।

रोनाल्डोले यो खेलमा ह्याट्रिक गर्न सक्थे । तर उनले थुप्रै अवसर खेर फालेका थिए । यो नतिजासँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रो स्थानमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिना अंक पुछारमा छ । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग १–१ को बराबरी खेलेको थियो । आइतबार रातिकै अर्को खेलमा स्पेन र चेकले २–२ गोलको बराबरी खेलेका छन् ।