अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गर्दै

रामेछाप खबर संवाददाता

२२ जेठ, काठमाडौं ।

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । आफ्नो प्रेम जीवनलाई यो जोडीले विवाहमा परिणत गर्न लागेका हुन् । नीताले आफूहरूले असारको अन्तिम साता विवाह गर्न लागेको बताइन । ‘असारमा विवाह गर्ने तय भएको छ । यद्यपि हाम्रो डेट भने तय गरेका छैनौँ । छिटै तय हुन्छ’ नीताले भनिन् ।

यद्यपि असार २४ मा विवाह गर्ने तयारी भैरहेको उनका निटक बताउँछन् । नीताले भनिन् डेट छिटै तय हुने मात्र बताइन । ‘असारको अन्तिम साइत २४ गते भएकाले त्यो लागेको हुन् सक्छ । यद्यपि अहिले नै तय छैन’ उनले भनिन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको छेकोमा बिहे गर्न लागेको हो । फिल्म भने असोजबाट छायांकनमा जानेछ ।

यो पनि…‘पुष्पा’ का मुख्य खलनायक नीताको चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित
ब्लकबष्टर दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मालाई नीता ढुंगानाले निर्माण गर्ने चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित गरिएको छ । यस चलचित्रमा आवद्ध हुने उनी दोस्रो हाइ प्रोफाइल दक्षिण भारतीय अभिनेता हुन् । हाइ बजेटमा बन्न लागेको फिल्ममा नीताले यसअघि ‘गजनी’ चलचित्रका खलनायक प्रदिप रावतलाई अनुवन्धित गरिसकेकी छन् ।

सुनील बर्मा पनि जोडिएपछि चलचित्रको स्टारकास्ट दमदार देखिएको छ । सुनीललाई केही दिन अगाडि नै निर्देशक चन्द्र पन्तले विशेष भूमिकाका लागि साइन गराएको बुझिएको छ ।