सरकारले बढायो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ?

रामेछाप खबर संवाददाता

३ जेठ, काठमाडौं ।

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो।

भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयत निगमले चुनावको भोलिपल्टै अर्थात वैखाक ३१ गते नै डिजेल/पेट्रोल र मट्टितेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

यो पनि….आगामी बजेट आन्तरिक उत्पादन बढाउनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रीत हुने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विद्येयकका सिद्धान्त तथा प्राथामिकता सम्बन्धि प्रस्ताव पेश गर्दै मन्त्री शर्माले आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने बताए। पछिल्ला वर्षहरूमा नेपालको व्यापारघाटा निरन्तर बढ्दै जाँदा र आन्तरिक उत्पादन अपेक्षाअनुसार बढ्न नसक्दा देशको अर्थतन्त्रमा चूनौति खडा भएको भन्दै आगामी आर्थिक वर्षको बजेटले आन्तरिक उत्पादनलाई बढाउँदै आयात प्रतिस्थापन गर्ने लक्ष्य लिने उनको भनाइ छ।

बैठकमा उनले भने ‘कृषि क्षेत्रको उत्पादन वृद्धि हुन नसक्दा कृषिजन्य वस्तुको आपूर्तिका लागि समेत आयातमा भर पर्नुपर्ने स्थिती छ,’ ‘खेतीयोग्य जमिन बाँझो रहनु र युवाहरू विदेशिनुले अवस्था हाम्रा लागि चुनौतीपूर्ण छ ।’ त्यसले आगामी आर्थिक वर्षको बजेटमार्फत आयातलाई प्रतिस्थापन गर्नतर्फ र आन्तरिक औद्योगिक उत्पादन वृद्धि गर्नु नै मुख्य लक्ष्य हुने उनले बताए।

सरकारले नियम निलम्बन गरेर विनियोजन प्रिबजेटको छलफलका लागि बाटो खुला गरेको हो। जेठ १५ गते बजेट पेश गर्नुपर्ने र त्यसको १५ दिनअघि प्रिबजेट छलफल सक्नुपर्ने व्यवस्थालाई निलम्बन गरिएको हो। कांग्रेसकी सचेतक पुष्पा भुषालले पेश गरेको निलम्बनको प्रस्तावलाई माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवन राम श्रेष्ठले समर्थन गरेका थिए।