तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

रामेछाप खबर संवाददाता

३ जेठ, काठमाडौं ।

स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले दश हजार मत कटाएका छन् । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार साहले पछिल्लो पत परिणाम अनुसार १० हजार ३५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापित ५ हजार ५१५ मतले पछ्याइरहेका छन् । गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७९२ मतका साथ तेसरो साथनमारहेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत पाएका छन् ।

यो पनि..तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस
काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गर्नुभएको छ ।

कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।