खुट्टा गन्हाउने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ । राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् ।

– खुट्टा सुख्खा हुँदैन
क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।

– खुट्टाको दाग हटाउँछ
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।

– खुट्टाका मासुका डल्ला हराउँछ
राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।

– पैताला नरम हुन्छ
कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।

कसरी गर्ने कागतीको प्रयोग ?
कागतीलाई दुईभागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

-एजेन्सीहरुको सहयोगमा