इरानी युवती किन असाध्यै सुन्दरी हुन्छन ? यस्तो छ ८ रहस्य !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

राम्रो कसलाई भन्ने ? आकर्षक को हुन् ? यसमा सबैको मत मिल्छ भन्ने छैन । भूगोल र समुदाय अनुसार सुन्दरताको मापन पनि भिन्न भिन्नै हुनसक्छ । कतै कालो छाला मन पराइन्छ भने, कतै गोरो । कतै पातलो ओंठलाई आकर्षक मानिन्छ, त कतै मोटो ओंठलाई । कसैले सलक्क केस रुचाउँछन् भने, कसैले कर्ली ।

यद्यपी झट्ट हेर्दा हामी जस्तो सौन्दर्यबाट मोहित हुन्छौं, त्यसमा अधिकांशको मन मिल्छ । यस हिसाबले सौन्दर्यको चर्चा गर्दा इरानी महिलाहरु जोडिन आउँछ । आँखा, अनुहारको बान्की, शरीरको बनौटले उनीहरुतर्फ सबैको ध्यान खिचिन्छ । इरान एक मुस्लिम बहुल देश हो । त्यहाँ महिलाको जीवन त्यती सहज छैन । यद्यपी सुन्दरताको कसीमा उनीहरुले विश्वका महिलाहरुलाई उछिन्छन् । कसरी ?

वंशानुगत गुण
इरानी महिला किन सुन्दर हुन्छन् ? यसको जस वंशानुगत गुणलाई दिइन्छ । अर्थात वंशानुगत रुपमै उनीहरु सुन्दर एवं आकर्षक अनुहार लिएर जन्मन्छन् । जन्मजात उनीहरुले सुन्दर अनुहार पाउँछन् ।

भौगोलिक प्रभाव
इरानी महिला संसारभरकै सुन्दर मानिनुको कारण त्यहाँको भूगोल पनि हो भनिन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्दा उनीहरु बाँचेको भूगोल र प्राकृतिकले यसमा खास भूमिका खेलेको छ । किनभने त्यहाँको मौसम छालाको सुन्दरताको लागि एकदमै अनुकुल छ ।

पोषणयुक्त खानपान
इरानी महिला आकर्षक हुनुमा उनीहरुको खानपानले पनि काम गरेको छ । भनिन्छ, उनीहरु खानपानमा ज्यादै सर्तक छन् । इरानी महिला आकर्षक हुनुमा उनीहरुको जन्मजात गुण त छँदैछ, त्यसमाथि उचित खानपान नै हो ।

इरानी महिलाहरुले आफ्नो डाइटमा माछा र ओखर सामेल गर्छन् । उनीहरु मह पनि नियमित रुपले सेवन गर्छन् । ओखरमा भिटामिन इ पाइन्छ, जसले अनुहारमा चमक ल्याउँछ । इरानी महिलाहरु विशेषगरी गहुँलाई पिनेर बनाइएको खाना ‘बल्गर’ खाने गर्दछन् । यसले अनुहारको छालाको चमकका साथै शरीरीक बनावटलाई नियन्त्रित गर्ने गर्दछन् ।

अनुहारको मसाज
इरानी महिला आˆनो अनुहारलाई नरिवलको तेलले मसाज गर्दछन् । नरिवलको तेलले छालाको चमक बढाउँछ । जसका कारण बढ्दो उमेरको असर अनुहार दश भन्दा कम देखिन्छ । ओंठलाई सुन्दर बनाउनका लागि उनीहरु अनारको तेलको प्रयोग गर्छन् ।

गुलाबको पानीले अनुहार धुने
इरानी महिलाहरु गुलाबको पानीले अनुहार धुने गर्छन् । खराब अनुहार सुन्दर बनाउन यसले राम्रो काम गर्छ । गुलाबको पानीमा भिटामिन ए र ई हुन्छ, जो स्वस्थ्य छालाको लागि एकदमै आवश्यक मानिन्छ । इरानकी एक मोडलले दिएको अन्र्तवार्तामा यो रहस्य खुलाएकी थिइन् ।

दही र पुदिनाको सेवन
इरानी महिलाहरु धेरै भन्दा धेरै दही तथा पुदिनायुक्त पेय पदार्थ ‘शिनेना’को सेवन गर्दछन् । यसको सेवनले अनुहारको छाला तथा कपाललाई स्वस्थ राख्नुका साथै अनुहारमा चाउरीपना हुन दिदैन ।

सुप सेवन
इरानी महिला विशेषगरी, दही , तरकारी तथा मासुबाट बनेका सुपका सेवन अधिक मात्रामा गर्दछन् । यसले सौन्दर्य बढाउनुका साथै शरीरको तौलन नियन्त्रित रहन्छ ।

सर्जरीकेा साहारा
इरानी महिलाहरुमा प्लाष्टिक सर्जरीको क्रेज बढ्दो क्रममा छ । प्लाष्टिक सर्जरीकै कारण पछिल्लो समय उनीहरु आर्कषक देखिन थालेका छन् । त्यससँगै उनीहरुमा कन्ट्याक्ट लेन्सको प्रयोग बढ्नाले पनि यसको असर उनीहरुको जीवनमा देखिन थालेको छ ।