बिहान ब्रश गर्नु अगाडि पानी पिउनु कत्तिको लाभदायक ? जानिराखौं

रामेछाप खबर संवाददाता

२९ वैशाख, काठमाडौं ।

हाम्रो शरीरलाई रोग लाग्नबाट बचाउन र हाइड्रेट राख्नका लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ । विशेषज्ञका अनुसार गर्मीयाममा हरेक दिन १० देखि १२ गिलास र जाडोयामा ६ देखि ८ गिलास पानी पिउनु आवश्यक छ । तर, आवश्यकभन्दा बढी पानी पिउँदा पनि शरीरमा केही समस्या उत्पन्न हुनसक्छ । धेरै पानी पिउनाले किड्नीमा दवाव पर्छ । त्यसैले उचित मात्रामा पानीको सेवन गर्नु आवश्यक छ । धेरै मानिसहरु बिहान ब्रश गर्नु अगाडि नै पानी पिउँछन् । तर बिहान उठ्नासाथ पानी पिउनु स्वस्थ्यकर हुन्छ ? यसबारेमा केही जानकारीः

ब्रश गर्नु अगाडि पानी पिउनु कतिको लाभदायक ?
बिहान ब्रश गर्नुभन्दा पहिला पानी पिउनु शरीरका लागि फाइदाजनक मानिन्छ । यसले शरीरलाई विभिन्न फाइदा प्रदान गर्छ ।

राम्रो पाचन प्रणाली
ब्रश गर्नु अगाडि पानी पिउनाले पाचन शक्ति बलियो हुन्छ । जसले गर्दा जे खाए पनि सजिलै पच्छ । बिहान पानी पिउनाले शरीरमा जमेको फोहोर बाहिर निस्कन्छ । पेटमा फोहोर जम्नाले शरीरमा आलस्यता आउन थाल्छ, पिम्पल्स, पेट सम्बन्धि समस्या र अपचको समस्या हुन्छ । तर विहान उठ्नासाथ पानी पिउनाले यस्ता समस्या हुँदैन ।
प्रतिरोधक क्षमता बढ्छ
खाली पेटमा पानी पिउनाले रोग प्रतिरोधक क्षमता बढ्छ । रुघाखोकिले सताइरहेको छ भने बिहान पानी पिउनु पर्छ । यसो गर्नाले प्रतिरोधक क्षमता बलियो हुन्छ र शरीर तन्दुरुस्त हन्छ । बिहान खाली पेट अथवा ब्रश नगरी पानी पिउनाले छाला र कपालमा पनि राम्रो हुन्छ ।

हाई बीपी र शुगरबाट बच्नका लागि
ब्रश गर्नु अगाडि पानी पिउनु हुन्छ भने हाई ब्लड प्रेशर र ब्लड शुगरको स्तर नियन्त्रण हुन्छ । यसका साथै मोटोपनजस्ता समस्याबाट पनि बच्न सकिन्छ ।

मुखबाट दुर्गन्ध आउने समस्या
मुखबाट दुर्गन्ध आउनुको कारण मुख सुख्खा हुनाले हो । ड्राइ माउथका कारण मुखबाट दुरगन्ध आउँछ । यस्तो समस्या त्यसबेला हुन्छ, जब मुखमा र्यालको कमी हुन्छ । मुखको ब्याक्टेरिया नष्ट गर्नका लागि र्याल आवश्यक हुन्छ । जब हामी राति सुत्छौं, तब र्यालको स्तर कम हुन्छ, जसले मुखमा ब्याक्टेरियाको स्तर बढ्छ । यसले गर्दा मुखबाट दुर्गन्ध आउँछ । यो समस्याबाट बच्नका लागि बिहान ब्रश गर्नु अगाडि पानी पिउनु पर्छ ।

शरीर हाइड्रेट राख्न
सुत्दा शरीरले पानी सोस्छ, जसले गर्दा राति प्यास पनि लाग्न सक्छ । शरीर हाइड्रेट राख्नका लागि बिहान पानी पिउनु आवश्यक छ । जसले शरीरमा पानीको कमी हुन पाउँदैन ।

ब्याक्टेरिया नष्टका लागि
राति सुत्दा मुखमा जर्म्स र ब्याक्टेरिया बढ्छ । बिहान पानी पिउनाले मुख ब्याक्टेरियामुक्त हुन्छ । पानी पिएपछि ब्रश गर्नु हाम्रो लागि अति नै फाइदाजनक हुन्छ ।

ब्रश गरेको कतिपछि पानी पिउने
ब्रश गरेको १५ देखि २० मिनेटपछि कुनै पनि कुरा सेवन गर्नु पर्छ । ब्रश गरेको तुरुन्त पानी पिउनु हुँदैन । ब्रश गरेपछि पानी पिउनाले ब्रश गर्नुको फाइदा कम हुन्छ र टूथपेस्टको गुण पनि कम हुन्छ ।