आज कतिमा हुदैछ सुनचाँदीको कारोवार ?

रामेछाप खबर संवाददाता

२६ वैशाख, काठमाडौं ।

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

यो पनि…युनाइटेड मोदीको नाफा ४८% ले घट्दा इपीएस कति छ ?

युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४८% ले थोरै हो । गत वर्ष यसले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २२ करोड ६३ लाख रुपैयाँबाट घटेर १८ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा पनि कम्पनीको नाफा प्रभावित भएको छ ।

यसअवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने बढेको छ । गत वर्ष १४ लाख ३३ हजार रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको यो कम्पनीले यो त्रैमासमा बढाएर ३ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ भने रिजर्भ कोषमा १० करोड ४५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी (वार्षिक) २ रुपैयाँ ३९ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ ०९ पैसा छ ।
Post Your Comment