दुखद खबर : जापानको नागोयामा एक नेपाली युवाको निधन

रामेछाप खबर संवाददाता

नागोया/जापान ।

जापानमा एक जना नेपाली युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा रोजगाररत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक निधन भएको हो । प्राप्त जानकारी अनुसार प्रहरी हिरासतमा रहँदा अस्वस्थ मगरको उपचारको क्रममा अस्पतालमा मृत्‍यु भएको हो ।

यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिईन् । सबै ठाउँमा सोधी खोजी गर्दापनि नभेटिएपछि प्रहरीलाई खबर गर्दा हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो ।

प्रहरीको हिरासतमा रहँदा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि उनलाई अस्पताल पुर्याईएको थियो । अस्पतालमा भेन्टिलेटमा राखेर लामो समय उपचार गर्दा पनि कुनै सुधार नभएका मगरलाई यहि मे ३ तारिख अस्पतालले मृत घोषणा गरेको हो ।

हाल उनको पार्थिव शरीर प्रहरीको जिम्मामा राखिएको छ भने, अन्त्येष्टि कार्यमा १८ बर्सिय छोरा र वर्ष १० की छोरीले बावुको मुख हेर्न चाहाना गरे बमोजिम भिषाको प्रक्रिया पुरा गरि जापान आऊने प्रकृया अघि बढाईएको छ ।

अन्त्येष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा-छोरी लगायतका परिवारका सदस्यहरु आउनका लागि ठूलो रकम खर्च हुने भएकाले अन्त्येष्टिको लागि आवश्यक सहयोगको अपेक्षा मृतककी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गर्नुभएको छ ।
जापान समाचारबाट