भारतको जम्मू–कश्मीरमा गयो शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँन बाँकी

रामेछाप खबर संवाददाता

२२ वैशाख, काठमाडौं ।

तस्बिर– फाइल
भारतको जम्मू–कश्मीर बिहानै हल्लिएको छ । स्थानीय समयअनुसार बिहान ५ः३५ बजे भूकम्पको झड्का महसुस गरिएको हो । उक्त भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ ।

मिडिया रिपोर्टसअनुसार यो भूकम्पको केन्द्रबिन्दू ताजिकिस्तान बताइएको छ । ताजिकिस्तानमा १७० किलो गहिराईमा यस्तो कैन्द्र रहेको बताइएको हो । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन । जम्मू–कश्मीरमा १७ दिनमा दोस्रोपटक भूकम्प आएको हो । यसअघि १८ अप्रिलमा पनि जम्मूमा भूकम्प आएको थियो ।

यो पनि…नेपाल र भारतका सेनापतिबीच के के कुरा भयो ?

प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ ।

भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । पाण्डे नेपाली सेनाका मानार्थ प्रधानसेनापति हुने व्यवस्था अनुसार उपाधि लिन नेपाल आउने कार्यक्रम छ । त्यसको मिति छिट्टै तय हुने बुझिएको छ । पाण्डे हालैमात्र भारतीय स्थल सेनाका सेनापति भएका हुन् । उनलाई नेपाली सेनाले बधाई तथा शुभकामना दिइसकेको छ ।

बेलायतले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने

बेलायतले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार बेलायतले बुधबार रुसलाई आफ्नो सेवाको फाइदा लिनबाट रोक्ने बताएको हो। यसमा लेखा जस्ता सेवाहरू पनि समावेश छन्।

यसबाहेक रुस समर्थक समाचार आउटलेट र तिनका पत्रकारलाई पनि प्रतिबन्ध लगाउने तयारी गरिएको छ। समाचारमा जनाइएअनुसार युक्रेनबाट रिपोर्टिङ गर्ने रुसी समर्थक पत्रकारमाथि प्रतिबन्ध लगाउने तयारी गरिएको छ।

वाणिज्य मन्त्री क्वासी क्वार्टेङले भने, ‘युक्रेनमा आक्रमण रोक्न विश्वस्तरीय व्यवस्थापन परामर्शदाता, लेखापाल र पीआर फर्महरूको पहुँचमा रोक लगाएर हामीले रुसमाथि आर्थिक दबाब बढाइरहेका छौं।’

बेलायत सरकारले रुसले आयात गर्ने सेवामा आफ्नो १० प्रतिशत हिस्सा रहेको बताएको छ। रुसमाथि बढ्दो दबाबले युक्रेनमाथि आक्रमण गर्ने आफ्नो वर्तमान अडान परिवर्तन गर्न सक्छ। तर, रुसले आफूमाथि प्रतिबन्ध लगाउने देशविरुद्ध बदला लिने चेतावनी दिएको छ।