दुखद खबर : काभ्रे दुर्घटनामा रामेछापकि सम्झना र उहाँका ६ वर्षीय छोराकाे ज्यान गयो

रामेछाप खबर संवाददाता

२१ वैशाख, काठमाडौं ।

काभ्रेमा बस र जीप ठोक्किँदा ज्यान गुमाएकै पाँचै जनाको परिचय खुलेकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीकाे कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । यस्तै दुर्घटनामा रामेछापकाे खाँडादेवी गाउँपालिका ८ की सम्झना भुसाल र उहाँका छोरा ६ वर्षीय सङ्गीतकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु हुन् ।

काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठाेक्किँदा पाँच जनाकाे ज्यान गएकाे थियाे ।

दुर्घटनामा घाइते भएका १८ जनाकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयाे । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो पनि..रामेछाप मन्थलीमा माईक्रोवस दुर्घटना १० जना घाइते,घाइते २ जनालाई काठमाडौँ लगियो

रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटमा आज माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आज दिउँसो काठमाण्डौं बाट मन्थलीतर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

गम्भिर घाईते २ जना रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने बर्ष ३७ का सविना मोक्तान र उहाँको ६ वर्षका छोरा सिजन मोत्तानलाई थप उपचारको लागी हेलिकप्टर मार्फत कठमाण्डौँ पठाइएको छ । ८ जना घाइतेहरुको सिन्धुलीको खुर्कोटमा रहेको शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबत्ता राजु प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको अवस्था समान्य छ ।