पललाई भेटेपछि दुर्गेश भन्छन, ‘साँढेको जुधाइ बाछाको मिचाइ झैँ भयो । म बहकिएँ । मेरो पलप्रतिको प्रेम उस्तै छ ।’

रामेछाप खबर संवाददाता

१९ वैशाख, काठमाडौं ।

अभिनेता पल शाह प्रकरणमा गायक दुर्गेश थापाको नाम मुछियो । यसको प्रभाव यतिसम्म पर्यो कि उनलाई मेला–महोत्सवमा बहिष्कार गरियो । कार्यक्रममा बोलाउन छोडियो । उनी घरमै थन्किए । तर, दुर्गेशले आफ्नो तर्फबाट कुनै पनि अभिव्यक्ति दिएनन् । पछिल्लो अवधिभर मौन नै रहे ।

यद्यपि, नाबालिगले अदालतमा गरेको बकपत्रमा वयान फेरेसंगै अहिले माहौल परिवर्तन भएको छ । सबैले गालीगलौज गरेर अपशब्द प्रयोग गरिरहेकी नाबालिगमाथी पल शाहका समर्थकले सहानूभुती देखाउन थालेका छिन् । उनी स्वयम् समेत काममा फर्किएकी छिन् ।

अब सबैले त बोली फेरे भने म किन फस्ने भन्ने पनि लाग्यो होला दुर्गेशलाई । उनी श्रीमती र छोरासहित तनहुँ पुगे । पललाई भेटे । भेटेर निस्किएपछि उनी भन्दैछन् – ‘साँढेको जुधाइ बाछाको मिचाइ झैँ भयो । म बहकिएँ । मेरो पलप्रतिको प्रेम उस्तै छ ।’ रङ पत्रकार प्रकाश सुवेदीले भने झै मनोरञ्जन क्षेत्रमा न कोही कसैको शत्रु न कोही मित्र । फेक पिपुलहरुको जमात भएको क्षेत्रमा सबै सम्बन्ध स्वार्थनिहित ।

यो पनि..एम्बरविरुद्ध जोनीले दर्ता गरे मानहानीको मुद्दा

हलिउड स्टार जोनी डेप र एम्बर हर्ड कानुनी लडाईमा छन् । जोनीले आफ्नी पूर्व पत्नीविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन्, जसको मुद्दा अप्रिल ११ देखि अमेरिकी राजधानी वाशिंगटन डीसीको बाहिरी भागमा चलिरहेको छ।

यी सबैको बीचमा एम्बर हर्डले कथित रूपमा आफ्नो पीआर टोलीलाई बर्खास्त गरी नयाँ पीआर टोली बनाएका छन्। एक रिपोर्टका अनुसार एम्बरले मानहानीको मुद्दामा आफ्नो लागि लेखिएको खराब हेडलाइनका कारण यो निर्णय लिएकी हुन् ।

रिपोर्टहरू अनुसार, स्रोतहरूले पुष्टि गरेका छन् कि एम्बर मुद्दाको बीचमा खराब हेडलाइनबाट चिन्तित भएपछि नयाँ पीआर फर्ममा सरेको छ। स्रोतले थप्यो कि एम्बरले आफ्नो बारेमा लेखिएको खराब हेडलाइन मन परेन र आफ्नो कथा सही तरिकामा नबताएकोमा निराश पनि भइन् ।

जोनी डेपले एम्बरविरुद्ध ५० मिलियन डलरको मुद्दा दायर गरेका छन् । जोनीले दाबी गरेका छन् कि एम्बरले वाशिंगटन पोस्टको लागि २०१८ ओप-एडमा उनको बदनाम गर्न लेख लेखे। उक्त लेखले आफ्नो फिल्मी करियर र प्रतिष्ठालाई नोक्सान पुर्याएको उनको दाबी छ । अभिनेतालाई ‘फ्यान्टास्टिक बिस्ट्स’ फिल्म फ्रान्चाइजीबाट हटाइयो। अर्कोतर्फ, एम्बरका वकिलहरू भन्छन् कि यो जोनीका लागि लेखिएको थिएन।

जोनी डेप र एम्बर हर्डको भेट सन् २०११ मा फिल्म ‘द रम डायरी’ को सेटमा भएको थियो । यसपछि दुवैले एकअर्कालाई डेट गर्न थाले र फेब्रुअरी २०१५ मा विवाह गरे तर दुवै लामो समयसँगै बसेनन् । दुवैले २०१६ मा नै सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । यसैबीच अहिले उनको कानुनी मुद्दा टुंगिने नाम लिइरहेको छैन । यस विषयमा हरेक दिन नयाँ खुलासा भइरहेका छन् ।