१५ वैशाख, काठमाडौं ।
पछिल्लो समय यौन दुर्व्यवहारको घटनालाई लिएर समिक्षा अधिकारी चर्चामा आइन्। उनको पक्ष र विपक्षमा उत्तिकै मानिसहरु देखिएका थिए। तर पहिले दुर्व्यवहारको आरोप लगाएकी उनले र उनका परिवारले बयान फेरेसँगै सो घटनाले नयाँ मोड लिएको छ।
सो विषय किनारा लागेको छैन। तर अब चाँडै त्यो टुंगोमा पुग्नेछ। यतिबेला उनै समिक्षाले बिहीबार लामो समयपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्ना भावना पोखेकी छिन्।
उनको स्टाटस यस्तो छः
तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु।