चर्चामा “गाँइगुँई–राँइचुँई”

रामेछाप खबर संवाददाता

१३ वैशाख, काठमाडौं ।

यतिबेलाको समयमा टेलिभिजनका दर्शक भन्दा पनि युटुबका दर्शकको जमात बढ्दो छ। हात- हातमा मोबाइल र नेट भएका कारण पनि अचेल टेलिभिजनमा भन्दा पनि मोबाइल युटुबमा दर्शक भिड नगन्य मात्रामा छ। जसका कारण कुनै बेला टेलिभिजनमा स्थान नपाउने सिरियल (धारावाहिक ) हरु यतिबेला युटुबमा छरप्रष्ट देखिन्छन। यहि लहरसँगसंगै तरवार फिल्मसले एउटा फरक किसिमको हाँस्य धारावाहिक अर्थात कमेडी सिरियल “गाँइगुँई–राँइचुँई” लिएर आएको छ।

हिराछबी श्रीशा द्धारा पटकथा, सबाद, कथा लेखन तथा निर्देशनमा रहेको यो सिरियल झबिन्द्र थापा मगरले निर्माण गरेका हुन्। यो सिरियलमा चर्चित अनुहार वा क्यामरा अगाडी काम गरेका कलाकारहरु नभए पनि नेपथ्यमा कलाकारिताको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एरेन्जर तथा सगितकार दर्पण यात्री , तथा सगितकार वा भनौ यतिबेलाका बहु चर्चित एरेन्जर बिश्वास नेपाल यस सिरियलमा मुख्य भूमिकामा प्रस्तुत हुनु भएको छ। त्यस्तै अन्य कलाकारहरु,
संतोसी संगम, अर्जुन खनाल, झबिन्द्र थापा मगर, युबिका श्रेष्ठ, राहुल नेपाल,आशा बिसी, संजिला बिसीको अभिनय देख्न सकिन्छ।

यश सिरियलमा विशेष गरि प्युठान अर्घाखाँची तथा गुल्मिमा बोलिने स्थानिय भासा र लवजलाइ उतार्न खोजिएको छ । यो सिरियल एउटा धेरै अनुभव बटुलेर केहि गर्नु पर्छ भन्ने टिमको काम हो।

तसर्थ यसमा प्रस्तुत हुने कलाकार, कथा, हास्य ब्याङ्गेको पाटो अरु सिरियलको भन्दा फरक भएको छ- निर्देशक हिराछाबी श्रीशाले रामेछाप खबर डट कमलाई बताए। सिरियल वा कुनै भिडियो चलाउन भाइरल वा चर्चित अनुहार राख्नु पर्ने होइनर ? भन्ने हाम्रो प्रश्नमा निर्माता झबिन्द्र थापा मगरले भन्नु भयो “चर्चित अनुहार देखाएरै अगाडी बढ्ने होइन,नयाँबाट पनि केहि शिक्षा लिनु पर्छ र नयाँले केहि गर्न सक्दैनन् भन्ने पनि होइन।

ब्यावसायको हिसाबले मैले पनि चर्चित अनुहारलाई प्राथमिकता दिनु पर्ने थियो तर मैले नयाँबाट शुरु गरेर मलाइ कुनै गुनासो छैन। यसको मतलम मैले नयाँ मात्र राख्ने होइन,पुराना लेजेन्ट कलाकालाइ पनि ल्याउने कोसिसमा छु। र यथार्थमा यो सिरियल अरु कमेडी सिरियल भन्दा धेरै फरक छ। त्यो कुरा तपाईहरुले हेरेर थाहा पाउने हुने छ। ”

भिडियो :