वर्षा सिवाकोटीले पनि गरिन् सुटुक्क विवाह, को हुन श्रीमान ?

रामेछाप खबर संवाददाता

९ वैशाख, काठमाडौं ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि विवाह गरेकी छन् । उनको शुक्रबार रेसु भिल्लामा विवाह गरेकी हुन् । अभिनेत्री सिवाकोटी अमेरिकामा बसोबास गर्दै आइरहेका पेशाले इन्जिनियर आशिष गेलालसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

अभिनेत्री केकी अधिकारीले जस्तै उनले पनि आफ्ना नजिकका परिवारका सदस्य र सीमित साथीको उपस्थितीमा सुटुक्क विवाह गरेकी हुन् । वर्षाको दुलाहाको तस्बिर सार्वजनिक भए पनि अपराह्नसम्म वर्षाको विवाहको तस्बिर भने बाहिरिएको छैन ।

आलियालाई छाडेर छायांकनमा निस्किए रणवीर

बलिउड अभिनेता रणवीर कपूर फिल्म छायांकनको लागि तयार छन् । अघिल्लो हप्ता मात्र प्रेमिका तथा अभिनेत्री आलिया भट्टसँग विवाह बन्धनमा बाँधिएका रणवीरको मुख्य रोल रहेको फिल्म ‘एनिमल’ को छायांकन मनालीबाट सुरु भएको छ । फिल्ममा उनको स्टार रश्मिका मन्दाना छिन् । फिल्म ‘ब्रह्मास्त्र’ को छायांकन सकाए लगत्तै विवाह बन्धनमा बाँधिएका रणवीरले फिल्मको छायांकन सुरु गरेको खबर भारतीय मिडियामा छ ।

अर्जुन रेड्डी र त्यसको हिन्दी रिमेक कबीर सिंह निर्देशन गरेर चर्चामा रहेका निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गर्दैछन् । फिल्ममा अनिल कपूर र बबी देओलको पनि अभिनय रहनेछ ।

यस फिल्मको लागि नेपाली कलाकार बिपिन कार्कीलाई पनि अफर गरिएको थियो । अनिल कपूरसँग आफ्नो बढी दृश्य रहेको बिपिनले बताएका थिए । उनको छायांकन अन्तिम सेड्युलमा हुने बताइएको छ ।