‘केजीएफ–२’ ले बक्स अफिसमा ल्यायो सुनामी, दुई दिनमा कति कमायो ?

रामेछाप खबर संवाददाता

४ वैशाख, काठमाडौं ।

दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ले दुई दिनमा नै ३०४ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। पहिलो दिन विश्वव्यापी रुपमा १६५ करोड भारतीय रुपैयाँ आम्दानी गरेको फिल्मले दोस्रो दिनसम्मको प्रदर्शनबाट ३०४ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ।

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको विश्वव्यापी कमाइ १६५ करोड ३७ हजार भारतीय रुपैयाँ थियो। दोस्रो दिन फिल्मले विश्वभरबाट १३९ करोड २५ लाख रुपैयाँको आम्दानी गर्यो। दुई दिनको प्रदर्शनबाट फिल्मले कूल ३०४ करोड ६२ लाख रुपैयाँको आम्दानी गरेको छ।

करिब सय करोडको लगानीमा बनेको यो फिल्मको हिन्दी संस्करणले पनि ऐतिहासिक ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन ५३ करोड ९५ लाख भारतीय रुपैयाँ र दोस्रो दिन ४६ करोड ७९ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ। फिल्मको हिन्दी संस्करणले दुई दिनमा कुल कमाई १ सय करोड भारतीय रुपैयाँ ७४ लाख गरेको छ।

प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्म २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ’को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ।

यो पन,….‘प्रेमगन्ज’को टिजर सार्वजनिक, बेनिशा र तेज मुख्य भूमिकामा

बेनिशा हमाल र तेज गिरी मुख्य भूमिकामा रहेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ। शनिबार साँझ फिल्मको टिजर बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

टिजरमा फिल्मका अभिनेता तथा अभिनेत्रीहरुलाई भोइस ओभरमार्फत परिचित गराइएको छ। प्रेम कथामा आधारित यो फिल्मलाई निर्देशन भने परिछेद सेनले गरेका छन्।

फिल्ममा बेनिशा र तेजसँगै सम्पदा बानिया, सुरक्षा पन्तको अभिनय छ। सँगै राइडर प्रशान, सुप्रिया खनाल र सिम्रन खड्काले यहि फिल्ममार्फत डेब्यु गर्दैछन्। फिल्ममा बालकलाकार आयुशी ढकालको पनि अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा परिछेद सेनको रहेको छ। चलचित्र चौतारीको ब्यानरका लागि राजु फुयालको प्रस्तुती रहेको यो फिल्ममा संगीत किरण भुसालले दिएका छन्। फिल्मको सम्पादन अर्जुन जिसीको रहेको छ। फिल्म आगामी भदौं ३ गतेबाट प्रदर्शनमा आउँदै छ।