नेपाली बजारमा केराको मुल्य हालसम्मकै उच्चवृद्धि, प्रतिदर्जन कति पुग्यो ?

रामेछाप खबर संवाददाता

२ वैशाख, काठमाडौं ।

नेपाली बजारमा पाकेको केराको मुल्य आकाशिएको छ ।कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दिएको जानकारी अनुसार प्रतिदर्जन केराको मुल्य १६० पुगेपछि खुद्रामा २०० सय सम्म पुगेको जनाएको छ ।

समितिले दिएको जानकारी अनुसार अझै केराको मुल्य वृद्धि हुने जनाएको छ । १२० रुपैंया प्रतिदर्जन रहेको केराको मुल्य आज भने १६० पुगेको हो ।केराको लागि भारतमा निर्भर रहेको नेपालमा केराको आयात रोकिएपछि बजारमा केराको मुल्य वृद्धि मात्र नभई अभाव पनि हुन सक्ने बताइएको छ । गत चैत २१ पछि एलसी नै रोकिए दिएपछि आयात बन्द भएको हो ।

फोहर वर्गीकरण नगरे पाँच सय जरिवाना

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ । कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।

पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।