ऋतु केसीको ‘भाग्यमा लेखेर’ बोलको गित सार्वजनिक !

रामेछाप खबर संवाददाता

१ वैशाख, काठमाडौं ।

पछिल्लो समय बजारमा नयाँ नयाँ गीतहरु आउने क्रम जारि छ, यसै बीच नयाँ बर्षको अवसर पारेर बैशाख १ देखि “ भाग्यमा लेखेर” बोलको गित सार्वजनिक भएको छ । केटी-केटी बिचको प्रेम सम्बन्ध भएको खबर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर केटी-केटी बिचको प्रेम समन्धमा आधारित मूजिक भिडियो यो नेपालको परिबेसमा पहिलो हुन सक्छ । भनिन्छ, संसारमा एउटा मात्र एस्तो चिज छ जस्ले धर्म,जात,उमेर,बर्ग केही पनी हेर्दैन त्यो हो माया । सुन्दा कुनै कथा जस्तो लाग्ने यो जोडिको प्रेम कहानी अली पृथक छ जुन हामी यस भिडियोमा देख्न सकिन्छ।

“ भाग्यमा लेखेर” बोलको गितमा गाएक प्रताप दासको स्वर रहेको छ । गीतलाई गीतकार ऋतु केसीले लेख्नु भएको हो भने संगीतकार तथा एरेन्ज धनु ग्यामीले सङ्गीतबद्ध गर्नुभएको छ ।

भिडियोमा सागर खनाल, पुजा थापा, सबिना दाहालको अभिनय देख्न सकिन्छ । अमुल प्रकाशले छायाङ्कन गरेको भिडियोमा राज कार्कीको सम्पादन रहेको छ । बशन्त अधिकारको निर्देशनमा भिडियो तयार पारिएको हो । म्युजिक भिडियो नौटंकी माईलो इटरटेनमेट युटुब च्यानलबाट सार्वजनिक भएको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।
हेर्नुहोस भिडियो :