चितवनबाट कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक ?

रामेछाप खबर संवाददाता

२६ चैत, काठमाडौं ।

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

यो पनि..भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका मूमिहीन दलितलाई लालपुर्जा वितरण गर्नुभएको छ ।राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उहाँले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो ।

मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौँ ।”

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताउनुभयो । उहाँले निर्वाचन नजिकिँदै गर्दा भ्रम छर्ने काम भइरहेकाले मान्छे चिन्न जनतालाई आग्रह गनुभयो ।गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखे पनि सरकारीे अनुमति नपाउँदा वितरण गर्न असमर्थ हुँदै आएको थियो । उक्त गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छन् । गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, जिल्ला अध्यक्ष विष्णु दाहाललगायतले मन्तव्य व्यक्त व्यक्त गर्नुभएको थियो ।