२५ चैत, काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, आभोकाडो प्रतिकेजी ४७५ रुपैयाँ, रातो आलु २७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २३ रुपैयाँ ५० पैसा, इमली १५५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल काक्रो ६५ रुपैयाँ र हाइब्रीड काक्रो २५ रुपैयाँ रहेको छ ।
त्यस्तै, कागती प्रतिकेजी ४२५ रुपैयाँ, किनु प्रतिकेजी १५५ रुपैयाँ, किवि ४७५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, सुकेको खुर्सानी ३७५ रुपैयाँ, तराई गाजर ३२ रुपैयाँ ५० पैसा, लोकल गाजर ३७ रुपैयाँ ५० पैसा, गान्टे मूला ९५ रुपैयाँ, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६५ रुपैयाँ, लोकल गोलभेडा ५५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, चमसूरको साग प्रतिकेजी ९५ रुपैयाँ, कन्य च्याउ १९५ रुपैयाँ र डल्ले च्याउ ३३५ रुपैयाँ पुगेको छ ।
छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २७० रुपैयाँ, मुंगरी माछा २७० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तामा ९५ रुपैयाँ, तितो करेला १३५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, परवर ११५ रुपैयाँ, पार्सले २१० रुपैयाँ, पिंगालू ४५ रुपैयाँ, पदुीना २१० रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ ५० पैसा, हरियो प्याज ४५ रुपैयाँ, बन्दा २२ रुपैयाँ ५० पैसा, ब्रोकाउली र भन्टा ४५ रुपैयाँ, भिण्डी १३५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ र रायोको साग ६५ रुपैयाँ रहेको छ ।