फिफा विश्वकप कतारमा प्रयोग हुने बल सार्वजनिक, इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने

रामेछाप खबर संवाददाता

१७ चैत, काठमाडौं ।

फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । कतारमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ मेलामा प्रयोग हुने बल बुधबार सार्वजनिक भएको हो । ​एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दी जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झण्डाबाट प्रेरित रहेको छ ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।

यो पनि…..फिफा वरीयतामा नेपालको एक स्थान खस्कियो, ब्राजिल पहिलो

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६ स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।

यसैगरी १८७ स्थानमा रहेको भुटान चौथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौँ, १९७ स्थानमा रहेको पाकिस्तान छैटौँ र २०५ स्थानमा रहेको श्रीलंका सातौँ स्थानमा छन् ।
वरीयताको शीर्ष स्थानमा ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इंग्ल्यान्ड छन् ।

यसैगरी, छैटौँ स्थानमा इटाली, सातौँमा स्पेन, आठौँमा पोर्चुगल, नवौँमा मेक्सिको र १०औँ मा नेदरल्यान्ड्स छन् ।