एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको पहिलो शतक

रामेछाप खबर संवाददाता

१२ चैत, काठमाडौं ।

दीपेन्द्रसिंह ऐरीले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । शनिवार टीयू क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको क्रिकेटमा उनले १३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् । यो सँगै ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

शुक्रवार रोहित पौडेलले पनि पीएनजीविरुद्ध नै शतक प्रहार गरेका थिए । यसअघि नेपालका लागि पारस खड्काले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।

यो पनि…देवले जिते मन, दोस्रो खेलमै शानदार अर्धशतकसहित कीर्तिमान

डेब्यु गरेको खेलमा विना रन पभेलियन र विना कुनै विकेटको बलिङबाट दुःखी बनेका र दुखी बनाएका युवा नेपाली क्रिकेटर देव खनालले दोस्रो अन्तराष्ट्रिय क्रिकेटमा भने अर्धशतक बनाएर सबैको मन जितेका छन् ।

शुक्रबार डेब्यु खेलमा निराशाजनक प्रदर्शन गरेका देवले दोस्रो खेलमा शुरुआतमै दुई विकेट गुमाएको अवस्थामा दबाबकाबीच पहिलो अर्धशतक प्रहार गरे । उनले पपुवा न्यूगिनीविरुद्धको दोस्रो खेलमा त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ८६ बलमा ७२ रन बनाए । उनले २चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको साझेदारीको कीर्तिमान पनि जोडेका छन् । देव र दिपेन्द्र सिंह ऐरीले मिलेर तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरे ।

यो पनि..आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज (शनिबार) सुरु हुँदैछ । आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने यो सिजनको पहिलो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । गत संस्करण‍मा चेन्नई विजेता बनेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।