श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठको ‘ब्रेकअप’ बारे आयो यस्तो खबर !

रामेछाप खबर संवाददाता

११ चैत, काठमाडौं ।

बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठले रिलेसनसिपलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुको सम्बन्धको चर्चाले भने स्थान पायो । अब यी दुईबीचको सम्बन्धमा दरार आएको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । भारतका मूलधारका मिडियाले श्रद्धा र रोहनबीच ब्रेकअप भएको खबर प्रकाशित गरेका छन् ।

बिहीबार श्रद्धाले ‘और सुनाओ’ क्याप्सन लेख्दै इन्स्टाग्राममा तस्वीर सेयर गरेपछि उनीहरुको ब्रेकअपको अड्कलबाजी सुरु भएको थियो । सात वर्षदेखि रोहन र श्रद्धा गम्भीर प्रेममा थिए ।

यी दुईबीच ब्रेकअप हुनुको कारण खुलाइएको त छैन, तर मिडिया विवरणका अनुसार गोवामा हालै सम्पन्न श्रद्धाको बर्थडेको पार्टीमा रोहन नपुगेपछि दरार सुरु भएको थियो । गत वर्ष यी दुईबीच विवाह हुने पनि चर्चा थियो । रोहनका बाबु राकेश श्रेष्ठ बलिउडका चर्चित फोटोग्राफर हुन् । उनकी आमा जिन रोड्रिग्युज एयर इन्डियाकी एयर होस्टेस थिइन् ।

‘द कपिल शर्मा सो’ केही समयका लागि स्थगित हुँदै

भारतको चर्चित कमेडी रियालिटी सो ‘द कपिल शर्मा सो’ केही समयमका लागि स्थगित हुने भएको छ । सोनी टिभीबाट प्रसारण भइरहेको ‘सो’का होस्ट कपिल शर्माका कारण केही समयका लागि स्थगित हुन लागेको हो ।

सोका होस्ट शर्मा अमेरिका टुरका लागि जान लागेकाले केही एसिपसोड छायांकन हुन नसकेपछि सो स्थगित गर्न लागिएको हो । शर्माको लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण टिमले यस्तो निर्णय लिएको हो । रिर्पोटका अनुसार शर्मा जुनको मध्यतिर अमेरिका टुरका लागि जाने तयारीमा छन् । त्यहाँ उनी एक महिना बस्नेछन् ।