आफ्नै निर्वाचन क्षेत्र पुगेका प्रचण्ड सहिद परिवारसँग बसेर खाना खाँदै

रामेछाप खबर संवाददाता

१० चैत चितवन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको माडी मा रहेको परवी खोला पुल उदघाटन सम्पन्न गरेका छन् । आफ्नै निर्वाचन क्षेत्र पुगेका प्रचण्डले कुसुमखोला नमुना चेपाङ बस्तीको ९४१ घरपरिवार० आवास कार्यक्रमको उद्घाटन समेत गरेका छन् । कार्यक्रम पछि उनले माडी -७ देवेन्द्रपुर टोलमा सहिद निलकण्ठ सुवेदी सुवासको घरमा खाना समेत खाएका छन् ।

अध्यक्ष प्रचण्डले सुवासप्रति श्रद्धाञ्जलि व्यक्त समेत गरेका छन् । ध्यक्ष कमरेड प्रचण्डको निर्वाचन क्षेत्र अन्तर्गतको माडी नगरपालिकामा मात्र १३ वटा सडक पुलमध्य २ वटा निर्माण सम्पन्न भैसकेको छ भने ११ वटा सडकपुल निर्माणको अन्तिम चरणमा रहेका छन।

उनका स्वकीय सचिवालयले भनेको छ, ‘माडी -७ देवेन्द्रपुर टोलमा सहिद निलकण्ठ सुवेदी सुवासको घरमा, उहाँको बुवा आमासङग कुरा गर्दै, कमरेड विदुर, कमरेड तिलक खाती लगायत सहिद परिवारसङग बसेर खाना खादै अध्यक्ष प्रचण्ड । आज कमरेड सुवासको स्मृति दिवस पनि परेको रहेछ। अध्यक्ष कमरेड प्रचण्डले उहाँप्रती श्रद्धाञ्जली अर्पण गर्नु भयो’

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताउनुभयो । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताउनुभयो ।