श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

रामेछाप खबर संवाददाता

८ चैत, काठमाडौं ।

मकवानपुरको हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३ जम्बोमा मंगलबार साँझ श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४३ वर्षीय मित्र लाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । मृतक सुनारको उनकै श्रीमती ४१ वर्षीय अनिता विकको कुटाइबाट मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई हातले धकेल्दा लडेर घाइते भएका सुनारको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए । लडेर अचेत अवस्थामा उपचारको लागि हेटौडा अस्पताल पुर्याइएका सुनारलाई साँझ ७ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए । विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि…छात्रामाथि यौन दुव्र्यवहारको विरोध

मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोहीे विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भत्र्सना गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसाप्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालयसँग माग गर्नुभयो । सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक सङ्घ÷सङ्घठन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसमेतको संलग्नतामा घटनाको छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गर्दै पीडित छात्राको आवश्यक उपचार र क्षतिपूर्ति दिनसमेत माग गरिएको छ ।