उर्मिलाको मृत्यु पछि श्रीमान भन्छन्, उनि बिरामी थिइन् उपचार गरेर संगै बस्ने योजना त्यो सबै सकियो (भिडियो सहित)

रामेछाप खबर संवाददाता

मोरङ ।

नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए । एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौ’ ‘न दु’ब्र्य’व’हा’र भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्या’ ‘न लि’एका हुन् । मोरङको लेटाङमा मृत्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।

परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ । विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।

तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए । श्रीमानले उर्मिला संधै विरामी हुने गरेको बताएका छन् । तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए ।
उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए ।

हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने ।
भिडियोमा हेर्नुहोस