८ चैत, काठमाडौं ।
तेलगु भाषाको वेब सिरिज ‘मैडम सर मैडम अंते’ बाट चर्चामा आएकी अभिनेत्री गायत्री (डाली डी क्रुज)को निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको सडक दुर्घटनामा निधन भएको हो।
गायत्री आफ्नो साथीसँग भारतको हैदराबादस्थित गाचीबौली क्षेत्रमा सवार थिइन्। होली मनाएर घर फर्किरहँदा उनीहरुको दुर्घटना भएको हो। उनका साथी राथोडले चलाइरहेको गाडी अचानक नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा २६ वर्षिया गायत्रीको घटनास्थलमै निधन भएका छ भने उनका साथीको उपचारका क्रममा निधन भएको छ।
गायत्रीकी सहकर्मी सुरेखा बाणीले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर पुष्टि गरेकी छिन्। उनले लेखेकी छिन्, ‘वास्तवमा तपाईंसँग बिताइएको समय निकै सुन्दर थियो। अहिले पनि मलाई विश्वास भइरहेको छैन। अहिले हामीलाई छाडेर जाने समय भएको थिएन्।’
अभिनयसँगै युट्युबमार्फत पनि चर्चामा रहेकी गायत्री तेलगु भाषि दर्शकमाझमा निकै लोकप्रिय थिइन्। उनका थुप्रै लघु चलचित्रहरु पनि सार्वजनिक भइसकेका छन्।
यो पनि …सलमान जेठ १४ मा नेपाल आउने
बलिउड अभिनेता सलमान खान जेठ १४ मा नेपालमा आउने भएका छन् । उनलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा कन्सर्टका लागि ल्याउन लागेको हो ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता खानसँग भर्चुअल छलफल गर्नेछन् ।
ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले मन्त्री आले र बलिउड अभिनेता खान बीच यसैसाता भर्चुअल संवाद हुने बताए । ’हामी विस्तृत जानकारी बलिउड अभिनेता सलमान खानकै भिडियो रिलिज गरेपछि दिने छौँ’ सिमान्तले भने । यस अगाडी सलमानको नेपाल कन्सर्ट अन्तिम समयमा क्यान्सिल भएपछि यसपटक सम्पूर्ण तयारी गरेर मात्र प्रचारप्रसारमा जाने तयारीमा टिम रहेको छ ।