दुखद खबर : चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त, घटनाकाे विवरण आउन बाँकी

रामेछाप खबर संवाददाता

७ चैत, काठमाडौं ।

चीनमा १३३ यात्रु बाेकेकाे हवाइजहाज दुर्घटना भएकाे छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज सोमबार दिउँसो गुवाङ्सी प्रान्तमा दुर्घटना भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाग्रस्त क्षेत्रमा आगलागी पनि भएकाे छ । घटनास्थलमा उद्दारकर्मी पठाइएकाे जनाइएकाे छ । दुर्घटनामा परी मानवीय क्षति भए/नभएकाे यकिन हुन सकेकाे छैन । घटनाकाे विस्तृत विवरण आउन बाँकी नै छ ।

यो पनि…बेल्जियममा जात्रामा सहभागीलाई कारले किच्दा ६ जनाको मृत्यु

बेल्जियममा मानिसहरको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु भएको छ । बेल्जियमको राजधानी ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको स्ट्रेपी ब्राकोइनेश शहरमा घटना भएको हो ।

परम्परागत जात्रामा सहभागी भइरहेका मानिसहरको भीडमा तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको बताइएको छ । घटनामा अरु ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

शहरका मेयर ज्याक्स गोबेरले जनाएअनुसार उक्त जात्रामा १५०–२०० जना सहभागी थिए । तीब्र गतिको कारले जात्रामा मानिसहरूलाई किच्दै १ सय मिटर परसम्म पुगेको बताइएको छ ।

घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएपनि घटना आतङ्कवादी आक्रमण भने नभएको प्रहरीले जनाएको छ । कारचालक र कारमा सवार केही मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएपनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।