त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २३ वर्षीया युवती पक्राउ, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

६ चैत, काठमाडौं ।

काठमाडौंः शनिवार दिउँसो प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध तरिकामा लैजान लागेको विदेशी मुद्रा सहित एक जनालाई पक्राउ गरेको छ।
१९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका-१३ बस्ने गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यो पन…पोखरीमा डुबेर मृत्यु

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् ।

सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उचारका क्रमा लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ ।

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।