५–६ जनाको समुहले कुटेर एक युवकको हत्या

रामेछाप खबर संवाददाता

५ चैत, काठमाडौं ।

काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् । सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकको बिचमा शुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए ।

उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि….प्यूठानमा बस दुर्घटना हुँदा बालकको मृत्यु

प्यूठानको माण्डवी गाउँपालिकाको तारिवाङमा याुत्रबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएका छन् । दुर्घटनामा एक जना बालकको मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको स्थानीयलाई उदृत गर्दै दुर्घटनास्थलमा पुगेका पत्रकार राजेन्द्र रावत क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते र मृतक सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा पुर्‍याएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।