नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने

रामेछाप खबर संवाददाता

४ चैत, काठमाडौं ।

नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने भएको छ । टेलिकमले हाल विभिन्न अवसरमा दिइएका अफरहरुलाई नै स्थायी गरेर १५ देखि २० प्रतिशतसम्म डटा शुल्क बढाउने तयारी गरेको हो ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायव प्रवन्ध निर्देशक संगीता पहाडीले होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला दिइएका अफरहरूलाई स्थायी बनाउन दूरसञ्चार प्राधिकरणमा प्रस्ताव गरेको बताइन् । त्यसले मेन ब्यालेन्सबाट चल्ने डेटा शुल्क १५ देखि २० प्रतिशत मूल्य घट्ने उनको दावी छ ।

प्याकेज नलिई इन्टरनेट चलाउँदा प्रतिएमबीपीएस एक रुपैयाँ पर्ने गरेकोमा स्किमहरु किन्दा ४/५ पैसामै दिन सकिने अवस्था रहेको उनले बताइन् । पछिल्लो दुई वर्षमा डेटाको मूल्य २५ प्रतिशतसम्म घटाएको भन्दै उनले अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्दा महंगो लागत रहेकाले शुल्क घटाउन सकस परेको बताइन् । टेलिकमको कूल आयको २५ प्रतिशत हिस्सा नवीकरण शुल्कमा खर्च हुने गरेको भन्दै उनले पि|mक्वेन्सी शुल्क समेत महँगो भएकाले लागत घटाउन नसकेको बताइन् ।

यो पनि ..मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गर्नुभएको हो ।

सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वर्षांैदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताउनुभयो । भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताउनुभयो । सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताउनुभयो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले लिएको अभियानलाई कर्मचारीले सफल पार्नुपर्ने भन्दै लालपूर्जा वितरण कार्यलाई प्रभावकारी बनाइने बताउनुभयो । नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भक्तपुरमा ४५६ जनालाई लालपूर्जा वितरण गरिने जानकारी दिनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्त, मध्यपुरथिमि नपा–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले धेरै समस्या र अवरोधकाबीच वर्षौंदेखिको प्रयास सफल भएको उल्लेख गर्र्नुभयो ।