मलेसियामा फेरि बढ्यो कोरोना

रामेछाप खबर संवाददाता

४ चैत, काठमाडौं ।

मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि सङ्क्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन् ।

यो पनि..
युएईको यो नयाँ कानुन, सुरक्षा र निर्माण क्षेत्रमा काम गर्ने नेपालीलाई यस्तो सुबिधा दिने

युएई : युएईले आफ्नो श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय गरेको छ । श्रम कानुनले श्रमिकले नि:शुल्क मुद्दा लड्न पाउने व्यवस्था देखि यौ¡न दु’व्र्यवहारबाट संरक्षणसम्मका व्यवस्थाहरु समेटिएको हो । युएईको अनलाइन खालिज टाइम्सका अनुसार श्रम कानुन सुधार अन्तर्गत कुनै श्रमिकले मुद्दा ल’ड्नु पर्ने भएमा सो नि:शुल्क बनाइएको छ ।

एक लाख दिरामसम्मको शुल्कलाई हटाइएपछि यसबाट विदेशी श्रमिक लाभान्वित हुनेछन् । यसैगरी कुनै पनि श्रमिकलाई रोजगारदाताले ज’वर्जस्ती काममा लगाउन पाउने छैनन् । यसैगरी ज’र्वजस्ती काममा लगाउँदा नगरेमा त्यसबापत कुनै जरिवाना पनि रोजगारदाताले गर्न पाउने छैनन् ।

कुनै पनि सहकर्मी वा श्रमिकलाई यौ’न दु’व्र्यवहार, जिस्क्याउने, शारिरीरी तथा मानसिक हिं’सा गर्न पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जात, वर्ण, रंग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा भेदभाव गर्न नपाइने व्यवस्था पनि कानुनमा गरिएको छ ।