कतारमा विदेशबाट कामदार ल्याउने २४ वटा कम्पनी बन्द गर्ने घोषणा !

रामेछाप खबर संवाददाता

४ चैत, दोहा ।

कतारमा कामदार आपूर्ति गर्ने २४ सप्लाई कम्पनी बन्द गरिने भएको छ । कतारको श्रम मन्त्रालयले रोजगारदातासँगको सम्झौताको सर्त पालना नगरेको र भर्ना कार्यालयलाई नियमन गर्ने मन्त्रालयको निर्णय उल्लङ्घन गरेको भन्दै विदेशबाट कामदार ल्याउने २४ वटा कम्पनी बन्द गर्ने घोषणा गरेको हो ।

रोजगारदाताको अधिकार जोगाउनका लागि श्रम ऐन र यससँग सम्बन्धित निर्णयहरूको पालना भए नभएको अनुगमन गर्न नियुक्ति कार्यालयहरूको निरीक्षण अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निरीक्षण टोलीले अनुगमनको क्रममा, घरेलु कामदारहरूको लागि रोजगारी सम्झौताको नयाँ मोडेलहरू वारेन्टी विस्तार गर्ने निर्णयको सर्तहरू अनुसार प्रयोग गरिएको छ या छैन भनी सुनिश्चित गर्नेछ।

मन्त्रालयले ग्यारेन्टी बढाउने निर्णय वा मूल्य सीमित गर्ने निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा घरेलु कामदारहरूको भर्ती कार्यालयहरूबाट कुनै दुर्व्यवहार वा उल्लङ्घन भएको रिपोर्ट गर्न सबै नागरिक र आप्रवासी कामदारहरूलाई आह्वान समेत गरेको छ।

यस सम्बन्धमा मन्त्रालयले ऐन, नियम र निर्देशनमा तोकेको दायित्व कार्यान्वयन नगर्नेलाई कडाइका साथ पालना गर्न र नियुक्ति कार्यालयमा अनुगमन अभियानलाई तीव्रता दिने, कानुन र निर्णय उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी कारबाही गर्ने बताएको छ ।

यो पनि…भिजिट भिसामा विदेश हिँडेका ११ जनालाई अध्यागमनले फर्कायो

भिजिट भिसामा विदेश हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भ्रमण उद्देश्य नखुलाई दुबई, न्युजिल्यान्ड, दक्षिण कोरिया, कम्बोडिया र घाना हिँडेका उनीहरुलाई अफलोड गरिएको अध्यागमन कार्यालयले जनाएको छ।

उसका अनुसार युएई जाने सोलुखुम्बुका पासाङ लामा, झापाका प्रभा तामाङ, खर्घाखाँचीका विक्रम आले, सुनसरीका लक्ष्मी बम, मोरङका सागर नेपाल, धादिङका अरुण राना र स्याङजाका सुन्दरी पाण्डे रहेका छन्।

त्यस्तै घाना हिँडेका दाङका मदन नेपाली, कम्बोडिया हिँडेका नुवाकोटका गणेश तामाङ, दक्षिण कोरिया हिँडेका ओखलढुंगाका पासाङ दावा शेर्पा र न्युजिल्यान्ड हिँडेका बागलुङका मनिस चन्द रहेका छन्।
उनीहरुको भ्रमण उद्देश्य स्पष्ट नभएको र आवश्यक कागजात पेश गर्न नसकेको अध्यागमन स्रोतले जनाएको छ।