मलेसियामा फेरी बढ्यो कोरोना संक्रमित, २४ घन्टामा ८६ को मृत्यु

रामेछाप खबर संवाददाता

४ चैत, एजेन्सी ।

मलेसियामा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना संक्रमित भएका छन् ।

यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना संक्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना संक्रमितको मृत्यु भएको छ । यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि संक्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन् ।

यो पनि….मलेसियाको रोजगारी फेरि खुल्दै

कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले नेपाली कामदारलाई दिएको रोजगारी गुम्न नदिन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पुनः मलेसिया रोजगारी सुरु गर्ने निर्णय गरेको बताएको छ । वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सोअनुसार मागपत्र अहिले नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गर्ने निर्णय गरिएको हो । नेपाली कामदारका लागि प्रमुख गन्तव्यमध्ये मलेसिया पनि एक हो ।

मलेसियामा हाल करिब दुई लाख नेपाली कामदार रहेको अनुमान छ । तर, सन् २०१५ मा भने सबैभन्दा बढी करिब सात लाख नेपाली श्रमिक रहेका थिए । यसअघि पनि मलेसिया रोजगारी अलमलमा थियो । मलेसिया रोजगारीमा जाने कामदारबाट मेडिकल, भिसा सहजीकरण, भिएलएन, बायोमेट्रिकलगायतका नाममा अतिरिक्त शुल्क लिने सिन्डिकेट अन्त्य हुनुपर्ने भन्दै नेपाल सरकारले १२ जेठ ०७५ देखि श्रमिक पठाउन बन्द गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारबाही अभियान चलाउँदै श्रम स्वीकृति रोकेपछि मलेसियन सरकार श्रम समझदारीका लागि आएको थियो । तत्कालीन समयमा नेपाल सरकार र मलेसियन सरकारबीच शून्य लागतमा सम्झौता भएको थियो । ०७५ कात्तिक ११ गते यस्तो सम्झौता भएको थियो ।