ब्लाइन्ड डेटकी क्विन शिलुको ‘गोल्डी पोज’ [तस्बिरहरू]

रामेछाप खबर संवाददाता

१० फागुन, काठमाडौं ।

युट्युबबाट प्रशारणहुँदै आएको रियालिटी शो ब्लाइन्ड डेटको क्विन शिलु पोखरेलले घोषित भएपछि निकै चर्चामा छिन्उ नी क्विन भएपछि उनका पार्टनर किरण खाती ‘गोल्डी’ ब्लाइन्ड डेट किंग घोषित भएका थिए । किंग र क्विन घोषित हुदैँ उनीहरु पहिलो सिजनको विजेता बनेका हुन् । तर, निर्माण टिमले विजेता के को आधारमा छानिएको हो भनेर चै खुलाएको छैन ।

राम र नर्बदा फस्ट रनरअप भएका छन्। शिलु र गोल्डीको प्रतिस्पर्धी जोडीको रूपमा हेरिएको देवेन्द्र र मिनाको जोडी फ्लप भयो। फाइनलमा मिना नै आइनन्।

उनी एक्लै भए मिना कार्यक्रममै आइदिइनन्। उनले मिना विदेश गएर फर्किएकाले आउन ढिला भएको बताउँदै कुरिरहे। उनले मलाई मेरो मायाप्रति विश्वस्त छ भन्दै कार्यक्रमको अन्त्यसम्ममा उनी पुग्ने बताइरहे। मिना किन आइनन् भनेर कुरा त भइरह्यो तर शिलुले एक हप्ता अगाडि नै मिना बिदेश जादैँ छिन् भनेर आफ्नो सामाजिक सञ्जालबाट सूचना दिइसकेको थिइन् ।

क्विन बनेकी सिलु समाजिक संजालमा पनि निकै सक्रिय छन् । जहाँ उनका निकै बोल्ड तस्बिर देख्न सकिन्छ । उनका बोल्ड लुक्समा फ्यान फिदा नै भएको तस्बिरमा देखिने प्रतिक्रियाबाट बुझ्न् सकिन्छ । पछिल्लो समय उनले गोल्डीसँग बिवाह गरिसकेकी छन् ।

त्यसपछि उनले तस्बिरमा सुनका गहना लगाएर फोटोशुट गर्ने गर्छिन् । यसैक्रममा पछिल्लो समय उनले सुनका गहना लगाएर फोटोशुट गरेकी छन् । कतिपयले उनको तस्बिर गोल्डी पोज भन्दै प्रतिक्रिया दिएका छन् ।