बारुली कम्मर र सुन्दर शरीर चाहियो ? यी चिज खाँदै नखानुस्

रामेछाप खबर संवाददाता

१० माघ, काठमाडौं।

यदि तपाईंलाई आफ्नो पेट र कम्मर सानो बनाउने चाहाना छ? त्यसाे हाे भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा पनि ध्यान दिन जरुरी छ।
जुन खानामा सुगर, कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ। यी चिजहरूले तपाईंको शरीरलाई मोटो बनाउन सक्छन् । खानपानमा तल उल्लेखित चिजहरू रोक्न सकेदेखि तपाईंको शरीर सुन्दर हुन सक्छ ।

मिठाई मोटोपनको साथी हो। यसलाई कम गर्दै लैजानुपर्छ। त्यस्तै फास्टफूड पनि तपाईंका लागि शत्रु हुनसक्छ यसमा उच्च मात्रामा क्यालोरी हुन्छ, जसले गर्दा मोटोपन बढ्छ।

त्यस्तै रक्सी सेवन त अन्य कारणका लागि पनि हानिकारक छ। रक्सीमा पोषक तत्व हुँदैन तर क्यालोरी भने हुन्छ। तपाईंको तौल कम गर्ने मिसनमा रक्सीले मित्रता पूर्वक सहयोग गर्दैन।

त्यस्तै दुग्ध उत्पादनहरूले पनि तपाईको तौल कम गर्ने सपना साकार पार्न सक्दैनन्। यसमा क्याल्सियम त हुन्छ तर कार्बोहाइड्रेटको मात्रा पनि उत्तिकै हुन्छ। जरुरी क्याल्सियम साग सब्जीबाट लिएर दूध पिउन छोड्नुपर्छ । फलफूलको जुसमा पनि उच्च मात्रामा सुगर हुन्छ। धेरै जुस पिउदा शरीरको मोटोपन बढ्न सक्छ। त्यस्तै नाम नै लिन नहुने अर्को खाना हो आलू। एउटा आलु खानुको मतलब तपाईँले एक चम्चा चिनी खाए बराबर हुन सक्छ। स्न्याक फूड पनि तपाईंको शरीरका लागि हानिकारक छ।