अल्लु अर्जुनले बढाए पारिश्रमिक, सुन्दा उड्ला होश

रामेछाप खबर संवाददाता

१० माघ, काठमाडौं।

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् । सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरूमा ओटीटीमा रिलीज गरिएको फिल्म सिनेमाहलमा पनि मारामार चलिरहेको छ ।

त्यसपछि अल्लु र अभिनेत्री रश्मिका मन्दानाले आफ्नो पारिश्रमिक बढाएका हुन् । अल्लुले आगामी फिल्मका लागि १०० करोड भारु मागेको बताइएको छ । निर्मातालाई यति पैसा तिर्न कुनै तनाव छैन किनकि अल्लुको फिल्म सुपरहिट हुने ग्यारेन्टी छ ।

त्यस्तै रश्मिकाले पुष्पाको सिक्वेलका लागि ३ करोड भारु मागेकी छन् । यसअघि उनी एउटा फिल्मको १ करोड लिने गर्थिन् । पुष्पाका लागि ३२ करोड भारु लिएका अल्लुले सेकेन्ड पार्टका लागि त्यसमा दुई करोड थप्न भनेका छन् । तर इड्ली नामक निर्देशकको अर्को फिल्मका लागि भने उनले १०० करोड भारु मागेका हुन् ।

फेरि रोकियो ‘बाहुबली : बिफोर दि बिगनिङ’

‘बाहुबली’का दुई शृंखलामा बक्स अफिसमा पैसा बर्साएपछि निर्देशक एसएस राजामौली र नेट्फ्लिक्सले यो फिल्मको प्रिक्वेल बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म नभई सिरिज थियो । हैदराबादमा भव्य सेट लगाएर यो सिरिजको सुटिङ पनि गरिएको थियो ।

तर १ अर्ब भारतीय रुपैयाँ खर्च गरेर बनेको यो सिरिज नेटफ्लिक्सलाई मन परेन । निर्देशक फेरेर सुटिङ गर्ने भनेर नेटफ्लिक्सले थप ५० करोड लगानी पनि गर्यो । ‘बाहुबली’की आमा शिवगामिनीको कथा प्रस्तुत गर्ने गरी देव कट्टाको निर्देशनमा यसको धेरै भाग सुटिङ भए ।

तर पछि उनले गरेको काम चित्त नबुझाए पछि रिभुदास गुप्ता र कुनाल देशमुखलाई निर्देशक लिएर नेटफ्लिक्सले पुनः निर्माण सुरु गरेका खबर आएका थिए । तर तत्कालका लागि नेटफ्लिक्सले यो सिरिज थाँती राखेको खबर छ । ‘बाहुबली’ दर्शकमाझ आइकोनिक फिल्मको रुपमा दर्ज रहेकाले सिरिजले पनि यो अपेक्षा पूरा गर्नुपर्ने तर अहिलेको तयारीले त्यो प्राप्त गर्न असम्भव भएकाले निर्माण टिमले यसलाई रोक्नमै कल्याण देखेको हो । ‘बाहुबली’का दुवै भागले विश्वभरबाट १६ सय करोड हाराहारी कमाइ गरेका थिए ।