कोरोना संक्रमणमुक्त हुनेबित्तिकै ‘एक्शन-ओरियन्टेड’ मन्त्री आले काममा फर्किए

रामेछाप खबर संवाददाता

१० माघ, काठमाडौं।

फाईल फोटो।
कोरोना संक्रमणमुक्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले काममा फर्किएका छन् । उनी आजबाट मन्त्रालयको नियमित काममा फर्किएका हुन् । हिजो (आइतबार) गरिएको पिसिआर परीक्षणमा मन्त्री आलेको रिपोर्ट नेगेटिभ आएको थियो ।

संक्रमणमुक्त भएको भोलिपल्ट अर्थात आजैबाट उनी काममा फर्किएका हुन् । पछिल्लो समय उनको कामलाई लिएर जनस्तरबाट व्यापक प्रशंसा आईरहेको छ । खासगरी उनले नारायणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया बनाउन नदिने निर्णय गराउनेदेखि पशुपति क्षेत्र विकास परिसरमा रहेको धर्मशालामा चलाईएको होटलबारे कडा कदम चालेका छन् ।

पर्यटनमन्त्री भएदेखि नै आलेले देखिनेगरि सुधारका थुप्रै कामहरु गरेका छन् । त्रिभुवन विमास्थलको आन्तरिकतर्फ यात्रुहरुलाई गोल्डेन गेटबाट विमानस्थलसम्म निःशुल्क सटल बस सेवा सञ्चालनदेखि थुप्रै सुधारको काम गरेका छन् ।

आलेले मन्त्रीको पदभार सम्हाल्दै गर्दा पनि आफूले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने घोषणा गरेका थिए । नभन्दै उनले आफूले घोषणा गरेबमोजिम एक्शनमा आफूलाई खरो उतारेका छन् । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचोमात्रै औंल्याएका छैनन् । नजिता निस्किनेगरि काम पनि गरिरहेका छन् ।

मन्त्री आलेले निगम सुधारको लागि पनि द्रुत गतिमा काम गरिरहेका छन् । निगको कार्यालयमा पुगेर उनले निगमको वृद्धि र विकास हुनेगरि काममा खट्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

त्यस्तै, पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र) ठेकेदारकै मिलेमतोमा जारी भएको पाइएपछि मन्त्री आलेले आफ्नो ठाडो आदेशमा बोलपत्र सूचना रद्ध गराएका छन् । उनले आफू पदमा जति समय रहेपनि देशको हित हुनेगरि काम गर्ने प्रतिबद्धता जनाएका छन् । ReportersNepal-2