मलेसियामा क्वारेन्टाइन सम्बन्धि नयाँ नियम लागु

रामेछाप खबर संवाददाता

१० माघ, काठमाडौं।

मलेसिया सरकारले आफ्नो देश भित्र प्रवेश गर्ने नागरिकहरुको लागि सरकारले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने सम्बन्धि नयाँ नियम सहित क्वारेन्टाइन तालिका सार्वजनिक गरेका छ्न।

मलेसियन स्वास्थ्य मन्त्रालयले एक सुचना सार्वजनिक गर्दै विश्व ब्यापी माहामारीको रुपमा फैलिँदै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) को र नयाँ नयाँ भेरियन्ट ओमिक्रोनको असरलाई मध्य नजरगर्दै सुरक्षा सतर्कता अपनाउँदै यहीँ बर्ष सन् २०२२ को जनवरी २४ तारिख सोमबारदेखि लागू हुनेगरि क्वारेन्टाइनको नयाँ तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनूसार ज-जसले कोभिड-१९ विरुद्धको दोस्रो डोजको साथसाथै बुस्टर डोज पनि लगाईसकेको छ , ती नागरिकहरुले मलेसिया प्रवेश गर्दा पाँच दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

त्यस्तै ज-जसले कोभिड-१९ विरुद्धको पहिलो र दोस्रो डोज लगाईसकेको छ , ती नागरिकहरुले एकहप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। साथै ज-जसले कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेको अथवा पहिलो डोज मात्रै लगाएको छ , ती नागरिकहरुले मलेसिया प्रवेश गर्दा दश दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

केहि दिन अगाडि मात्रै मलेसियाका मानव संसाधन मन्त्रालयले यहीँ जनवरी २८ तारिखदेखि नयाँ विदेशी कामदारको लागि मलेसिया खोल्ने र कामदारलाई मलेसिया प्रवेश गर्न दिईने प्रक्रिया अगाडि बढाइने बताएको थियो।

को-को जान पाउँछन् भिजिटमा युएई ?

गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले यही १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको मन्त्रालयले आज एक सूचना जारी गरी तोकिएका निकायका प्रतिनिधिलाई मात्र भ्रमण भिसाका लागि प्रस्थान अनुमति दिने जनाइएको छ ।

मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि (संस्थागत कार्यका लागि मात्र) लाई प्रस्थान अनुमति दिने जनाएको छ ।

यस्तै, नेपालमा सामान आयातनिर्यात गर्ने व्यावसायिक प्रतिनिधि (आयातनिर्यातका लागि मात्र), वार्षिक न्यूनतम रु ६ लाख कर योग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्ति पनि भ्रमणका लागि प्रस्थान अनुमति दिने मन्त्रालयले जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाबाट विशिष्ट कार्यका लागि जानुपर्ने आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर व्यावसायिक सञ्चालक वा आधिकारिक प्रतिनिधिलाई पनि प्रस्थान अनुमति प्रदान गरिनेछ ।

यस्तै, बिरामी कुरुवा वा बिरामीको रेखदेखका रूपमा जाने ९तीन पुस्ताभित्रका० पारिवारिक सदस्यहरू ९नेपाली राजदूतावासको पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने० का लागि पनि प्रस्थान अनुमति खुला गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।