के भएको थियो बर्जु महोत्सवमा जसले गर्दा आयोजकलाई पर्यो ठूलो समस्या

रामेछाप खबर संवाददाता

६ माघ, काठमाडौं ।

सुनसरी स्थित बर्जु महोत्सव आयोजक अहिले निकै ठूलो समस्यामा परेका छन् । उनीहरु भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई बोलाएर टिकट बेचे । कार्यक्रमको निकै प्रचार गरियो । स्टेज तयार भयो जब खेसरीलाल होटलवाट कार्यक्रम स्थलमा जानै निस्किएका थिए त्यती बेला जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर उनलाई रोक्यो ।

अन्तिम अवस्थाका कार्यक्रम स्थगित भएपछि दर्शकले स्टेजमा तोडफोड गरे । त्यसवाहेक गाडी पनि जलाइयो । एकातिर आर्थिक नोक्सानी भयो भने अर्को तिर खेसरीलालले पनि आफुलाई क्षतिपुर्ति दिनुपर्ने माग रोखका छन् । उनले आफु बसेको होटलको कोठामै पत्रकार सम्मेलन गर्दै आफूलाई सुनसरीस्थित बर्जु महोत्सव आयोजकले डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।

उनले नेपाली जनताको मायाले कार्यक्रममा सहभागी हुन आएको तर आयोजकले आफुलाई धोका दिएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले कार्यक्रम स्थगित गर्न भनेर पत्र दिइसकेपछि पनि आफुलाई त्यसवारे जानकारी नगराएको उनको भनाई छ । उनले कार्यक्रम स्थगित भइसकेपछि पनि आफुलाई भेट्न समे आयोजक नआएको उनको भनाई छ । उनले दिउसो सम्म आफु र आफ्नो टिम भोकै भएको बताए ।

सुनसरीको बर्जु महोत्सवमा नाचगानका लागि खेसारीलाललाई मंगलबार नेपाल बोलाइएको थियो। तर, कोभिड कहर बढेको भन्दै स्थानीय प्रशासनले कार्यक्रममा सहभागी हुन रोक लगाएपछि दर्शकले महोत्सवस्थलमा तोडफोड र आगजनी गरेका थिए।

नेपाल आइसकेपछि प्रशासनले उनलाई बर्जु महोत्सवमा सहभागी हुन रोकिदिएको थियो। कोभिडका कारण कार्यक्रम स्थगित गरिएको जानकारी आफूले प्रशासनबाट पाएको भन्दै अब त्यसको क्षतिपूर्ति आयोजकले दिनुपर्ने अडान उनले लिएका छन्।

खेसारीलालको नाममा आयोजकले टिकट बेचिसकेका थिए। टिकटको कुरा पनि आफुलाई थाहा नभएको उनको भनाई छ । आफुलाई आयोजकले प्रशासनले अनुमति दिएको पनि बताए । उनले आफु नेपाल ३ पटक आएको बताए । आफुले कोभिडको बारेमा सोध्दा पनि कुनै समस्या हुँदैन भनेर आफुलाई भनेको बताएका छन् । उनीहरुले खेसरीलाई नेपाल ल्याउन १६ लाख रुपैयाँ अग्रिम पठाइसकेको पनि खुलेको छ।

‘यो घटनामा मलाई डेढ करोड घाटा भएको छ। म जनतालाई मनोरञ्जन दिन नेपाल आएको थिएँ। तर यहाँको प्रशासनले कार्यक्रममा रोक लगाए जानकारी थिएनु, उनले भने, होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रशासनले रोक्यो। यसमा न प्रशासनको गल्ती छ, न त मेरो। गल्ती आयोजककै हो। ताजा खबर