इन्डोनेसियाले किन सर्दैछ राजधानी ? यस्तो रहेछ कारण !

रामेछाप खबर संवाददाता

६ माघ, काठमाडौं ।

इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो । राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ ।

नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हो । राष्ट्रपति जोको विदोदोले केही वर्षअघि नै राजधानी सार्ने घोषणा गरेका थिए् ।

किन सर्दैछ राजधानी ?

राजधानी सार्नुपर्ने कारण बुझ्न गाहो छैन । जार्काता हरेक वर्ष १ देखि १५ सेन्टिमिटरका दरले डुबिरहेको छ । सहरको झन्डै आधा भन्दा बढी भाग समुद्रको सतहमुनि छ । जाकार्ता दलदल भूमिमा छ । जाभा समुद्रले राजधानी वरपरको भूभागलाई बारम्बार धक्का दिइरहेको छ ।

राजधानीको ट्राफिक जाम पनि भयाबह छ । सन् २०१६ मा गरिएको एक सर्बेक्षणमा इन्डोनेसियाको ट्राफिक संसारकै खराबमध्येको एक थियो । वैठकस्थलमा पुग्न मन्त्रीहरुलाई प्रहरीले लामो स्कटिङ गर्नु सामान्य जस्तो बनेको छ ।

अहिलेको राजधानी सहरको जनसंख्या ३ करोड पुगेको छ । पानी प्रदुषित छ । राजधानी सार्ने कार्यका लागि मात्र सरकारले ३३ अर्ब डलर खर्च गर्नुपर्नेछ । यसका लागि ९ देखि १५ लाख मानिसको आवासका लागि ३० हजारदेखि ४० हजार हेक्टर भूमि आवश्यक पर्नेछ । राजधानी स्थानान्तरण गर्ने योजना बनाउने इन्डोनेसिया मात्र पहिलो देश होइन । विश्वका अन्य देश पनि छन, जसले ढिलो चाडो अहिले भइरहेको राजधानी परिवर्तन गर्दैछन् ।