मलेसियामा किन हराउँदै छन् नेपाली युवा-युवती ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मलेशिया नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मध्ये एक हो । रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् । रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घ”टना क्रम र अध्ययनहरुले देखाएका छन् ।

वैदेशिक रोजगारीको क्रममा विभिन्न मु द्दामा जे”ल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक मन”मुटा”व, रोजगारीकै क्रममा विदेशमा मृ”त्यु, दु”र्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले ब”न्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका बुझिएको छ ।

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उ”जुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् ।

यो त उजुरी परेकाको मात्र संख्या हो । अन्य उजु,री नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन् ।मुस्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ । यहि खुकुलो कानुनको फाईदा उठाएर मलेशिया पुगेका केहि नेपालीहरु मोजमज्जा र रस-रमाईलोमा भुल्ने गरेका छन् ।
विशेष गरि विदेशी कामदारहरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौ”न अ”ड्डा लगायतका कारण धेरै नेपाली युवाहरु कुलतको दलदलमा फसिरहेका छन् । मलेशियाको केएल, केलांग, पेनांग, पेराक, जोहोरबारु लगायतका शहरहरुमा नेपाली श्रमिकहरुलाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँ र मसाज सेन्टर संचालन गरिएका छन् ।

यि होटल रेष्टुराँ तथा क्लबहरुमा युवाहरुलाई आकर्षित गर्नकै लागी महिला कामदारहरु राखिएका छन् । परिवार र श्रीमती छोडेर जवानीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्नेगरेका छन् । नेपालीहरु द्वारानै संचालित यस्ता होटल रेष्टुराँहरुमा युवाहरुलाई आकर्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौ”न ध न्दामा संलग्न हुनेगरेको पाईएको छ ।

विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पुर्याईएका र कम्पनी छोडेर ई”लिगल भएका नेपाली युवतीहरु यस्ता ध”न्दामा लाग्ने गरेका छन् । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! , ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक जस्ता ठाउँ यौ”न व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक लगायत ठाउँहरुमा यौ”न व्यवसाय चलाइएको पाइन्छ ।

अर्को कारण ईन्डोनेशियन युवतीको प्रेम

नेपालीहरु रोजगारीको लागी मलेशिया गए जस्तै रोजगारीकै लागी मलेशुया आउने ईन्डोनेशियनहरुको संख्या ठुलो छ । विशेष गरि हल्का सामाग उत्पादन हुने कम्पनीहरुमा यस्ता ईन्डोनेशियन युवतीहरु कार्यरत छन् !

तिनै ईन्डोनेशियन युवतीहरु संग काम गर्ने नेपाली युवाहरु प्रेमको दलदलमा फसेर घर बिर्सनेगरेको मलेशियाकै शाहालाममा रहेको पानासोनिक कम्पनीमा कार्यरत मकवानपुरका पूर्ण गोलेले बताए । आफु संगै काम गर्ने धेरै नेपाली युवाहरु ईन्डोनेशियन युवतीहरु संग प्रेममा परेर लिभिंग टुगेदरमा बसिरहेको उनको भनाई छ । यसरी बस्न थालेपछि कमाएको तलब उतै सकिने र पैसा पठाउन नसकेपछि घरमा सम्पर्क टुट्ने गरेको छ ।

केहि नेपालीहरु यिनै ईन्डोनेशियन युवती संगको प्रेमको द्व;न्दको कारण पनि बे;पता हुनेगरेका छन् । मलेशियामा रहेका भारतीय मुलका मलेशियन युवाहरु र नेपाली युवाहरुको रोजाई जुbद्धा बेलाबखत नेपालीहरुले ज्या:न गुमाउने र बेपत्ता हुने क्रम पनि बढेको छ। आफुले मनपराएका युवतीलाई नेपाली युवाले मनपराएको वा जिस्काएको थाहा पाएमा भारतीय मुलका मलेशियन ( तामिल) हरुले गौडा ढुकेर आक्रमण गर्ने गरेको घटना मलेशियन कम्पनीहरुमा सामान्य जस्तै हो । हाम्रो सन्देश संवाददाता