कप्तान छोडेपछि कोहलीलाई पत्नी अनुष्काको भावुक पत्र

रामेछाप खबर संवाददाता

३ माघ, काठमाडौं ।

विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टीमको कप्तान छोडेका छन्। कोहलीले टेस्ट कप्तान छाडेको बताएसँगै सामाजिक सञ्जालमा उनका समर्थकले तारिफ गर्दै विभिन्न नोटहरू लेखेका छन्। यसैबीच कोहलीकी पत्नी तथा बलिउड नायिका अनुष्का शर्माले सामाजिक सञ्जालमा एउटा भावुक पत्र लेखेकी छन्।

पत्रमा उनले कोहलीसँगै पूर्व कप्तान महेन्द्र सिंह धोनीकोसमेत प्रशंशा गरेकी छिन्। अनुष्काले पत्रमा ‘विराटको दाह्री फुलेको’ विषयमा एक किस्सासमेत सेयर गरेकी छन्। उनले धोनीको सन्यासपछि विराट कप्तान भएसँगै त्यतिबेलाको कुराकानी समेत सम्झिएकी छन्।

अनुष्का शर्माले इन्स्टाग्राममा सेयर गरेको पत्रमा भनिएको छ, ‘मलाई सन् २०१४ को त्यो दिन अझै याद छ, जब तिमी महेन्द्र सिंह धोनीले सन्यासपछि आफू कप्तान भएको मलाई भनेका थियौं।’

उनले धोनीको प्रसंशा गर्दै अगाडि लेखेकी छन्, ‘मलाई अझै याद छ एमएस, तिमी र मैले पछि कुरा गर्ने क्रममा एमएसले मजाकमा भनेका थिए- तिम्रो दाह्री कति चाडै खैरो हुन लाग्यो।’ हो त्यसबेला हामी सबै खुब हासेका थियौं। त्यस दिनपछि मैले तिम्रो दाह्री खैरो हुनुको अलावा अरू धेरै चिज देखेँ। मैले तिमीमा अति धेरै सफलता देखेँ।

अ, साच्ची, मैले भारतीय क्रिकेट टिमको कप्तानका रूपमा तिम्रो सफलता र तिम्रो नेतृत्वमा भारतीय टिमको उपलब्धिलाई देखेको छु। यसमा मलाई गर्व छ। तर तिमी भित्रको सफलतामा मलाई अझ बढी गर्व छ।

सन् २०१४ म सानै थिएँ। म त्यति धेरै जानकार थिइनँ। यो सोचे कि, राम्रो नियत, सकारात्मक सोच र उद्धेश्यले नै तिमीलाई जीवनमा अगाडि बढाउने छ। कोही बिना कुनै चुनौती निश्चित काम गर्छन्। तर त्यसमध्ये तिमीले धेरै चुनौतीको सामना गर्‍यौ, ती सधैं मैदानमा थिएनन्। त्यहीँ पनि यो जीवन हो। यसले तिमीलाई ती ठाउँहरूमा परीक्षण गर्नेछ जहाँ तिमी हुनुको थोरै आशा छ।

अनि मेरो माया, मलाई तिमीप्रति धेरै गर्व छ किनकि, तिमीले तिम्रो राम्रो नियतको बिचमा केही पनि आउन दिएनौं।